Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अनन्त र प्रवीषा को “सानो कुरामा” सार्वजनिक

Friday, December 3, 2021 National Power

काठमाण्डौ – चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ ।

सिवी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको भिडियोमा श्रीमान् श्रीमती बीचको प्रेम र खटपट देखाइएको छ । भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् । गीतबाट राम्रो अपेक्षा लिइएको गायक अनन्त केसीले बताए । ‘मैले राम्रो काम गरेको छु’ उनले भने, ‘गीतलाई दर्शक, स्रोताले राम्रो माया दिनुहुनेछ भन्ने अपेक्षा लिएका छौँ ।’