Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

यो संसद असफल भइसक्यो : ओली

Thursday, October 28, 2021 National Power

काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संसद असफल भएको बताएका छन् । मंगलबार नेकपा एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखको कारण संसद असफल भइरहेको बताए ।

‘एक जना मान्छे उठेर अवरोध गरें मैले भन्दा उहाँ दुई मिनेट नफर्की संसद स्थगित गर्नुहुन्छ । देशको ठूलो पार्टीले असन्तुष्टि विरोध जनाइरहेको छ । बेल घेरिरहेको छ । तर पनि कार्यक्रम चलाइरहनुहुन्छ । संसद यस्तो अवस्थामा छ,’ उनले भने ।

अध्यक्ष ओलीले आफूहरुले ल्याएको जनताको हित गर्ने बजेट संसदले फेरबदल गरिदिएको भन्दै आपत्ति जनाए । नागरिकता विधेयक तीन वर्षदेखि संसदमा रोकिएको तर नेपाली नागरिकको सन्तानले नागरिकता नपाउने अवस्था रहेको पनि अध्यक्ष ओलीले बताए ।