Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक

Tuesday, September 21, 2021 National Power

काठमाण्डौ- सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक शशान कंडेलको निर्देशनमा सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’ माझिको कथा व्यथा बोकेको सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक काठमाण्डौँ, असोज ३ ।

भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन । २०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए । दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्छ नी तर पनि दर्शकश्रोताको यती धेरै माया पाए म त्यस्मै खुशी छु ‘ गायक सुनिलले तेजनेपाललाई बताए ।

हालै सार्वजनिक गीतमा उनलाई स्वरमा सुजिता योञ्नजनले साथ दिएकी छिन भने शब्द संगीत किरण माइकल घिमिरेको रहेको छ । सञ्जय हमालको संगीत संयोजन रहेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन भने ब्याक्राउण्ड स्कोर म्युजिक बिनय कार्कीले गरेका हुन ।

एउटा सामान्य माझिको जोडीको कथा व्यथालाई सेमेटेर प्रस्तुतु गरिएको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक शसान कंडेलको निर्देशन गरेका छन । भिडियोमा जि बि चिरन र सोनिया महतको दमदार अभिनय देख्न सकिन्छ भने बाल कलाकार प्रियाान्स कंडेलको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध लामा र दिपक गिरीको छांयाकन, बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई गायक सुनिल थापा मगरले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।