Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

अभिनेता भट्टराई निर्देशक खरेलको चलचित्रमा विषेश भुमिकामा देखिदै

Wednesday, September 8, 2021 National Power

काठमाडौं – चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा विषेश भुमिकामा नायक श्रीदेव भट्टराइलाई अनुबन्धीत गरेका छन् ।  यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, नायक संजित भण्डारी लगायतका कलाकारहरु अनुबन्धित गरिसकेका निर्देशक खरेलले विषेश भुमिाकामा नायक भट्टराईलाई अनुबन्धीत गरेका छन् ।

पिम नेपालको प्रस्तुति रहने चलचित्रका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल समेत कलाकारको रुपमा छानिएकोे निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।

चलचित्रको छायाँकन बैशाखको पहिलो सााताबाटै गर्ने भनिए पनि कोरोनाका कारण केही पछि धकेल्लिएको निर्देशक खरेलले बताए । चाँडै छायाँकन सुरु गरिने चलचित्रमा कलाकारहरु छनौट प्रकृया पनि लगभग अन्तिम चरणमा पगेको निर्देशक खरेलले बताएका छन् । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको फिल्ममा जिवन पराजुलीे छायाँकन, किरण दाहालको द्धन्द्ध रहनेछ । कमला जोशी निर्माता रहने फिल्ममा सह–निर्माताको रुपमा राजन थापाको उपस्थिती रहने छ ।

चलचित्रको छायाँकन काभ्रे  र काठमाण्डौका विभिन्न रमणीय स्थलहरुमा गरिदै छ ।