Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

Saturday, July 17, 2021 National Power

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता भण्डारीले बताए ।‘प्रधानमन्त्री भएको बेला भेट भइरहन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि कसैको पनि भेट भएको थिएन । त्यसैले के छ हालखबर पनि बुझौं भनेर गएका हौं, भेटमा सहभागी नेता अनिल झाले बताए ।

भोलि आइतबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाइएको छ । संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भने खासै छलफल नभएको नेताहरुले बताएका छन् । एक नेता भन्छन्, ‘आवश्यक पर्‍यो भने भोलि पर्सि छलफल होला, आज केही भएन ।’

जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । ओलीले पनि ठाकुर पक्षका नेताहरुलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा लगेका थिए । तर १९ दिनमै सर्वोच्च अदालतको आदेशका कारण ठाकुर पक्ष सरकारबाट बाहिरिएको थियो ।