Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

एमाले अध्यक्ष ओली र महन्थ ठाकुरसहितका नेताहरुबीच भेटवार्ता

Saturday, July 17, 2021 National Power

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ । निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शजिबार विहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको र सामान्य कुराकानी भएको नेता भण्डारीले बताए ।‘प्रधानमन्त्री भएको बेला भेट भइरहन्थ्यो । प्रधानमन्त्रीबाट हटेपछि कसैको पनि भेट भएको थिएन । त्यसैले के छ हालखबर पनि बुझौं भनेर गएका हौं, भेटमा सहभागी नेता अनिल झाले बताए ।

भोलि आइतबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाइएको छ । संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भने खासै छलफल नभएको नेताहरुले बताएका छन् । एक नेता भन्छन्, ‘आवश्यक पर्‍यो भने भोलि पर्सि छलफल होला, आज केही भएन ।’

जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । ओलीले पनि ठाकुर पक्षका नेताहरुलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा लगेका थिए । तर १९ दिनमै सर्वोच्च अदालतको आदेशका कारण ठाकुर पक्ष सरकारबाट बाहिरिएको थियो ।