Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

इलाका प्रहरी कार्यालय बनेपाको लागु औषध विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न

Friday, March 19, 2021 National Power

 काभ्रेपलान्चोक – इलाका प्रहरी कार्यालय बनेपाको विशेष सहयोगमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सडक नाटक तथा लागू औसध सचेतना कार्यक्रम हिजो बनेपाको चार दोबाटोमा सम्पन्न भएको छ । इलाका प्रहरी कार्यालय बनेपाले यो भन्दा अगाडि पनि विभिन्न सचेतना सम्बन्धि कार्यक्रम गरेको थियो ।

लागु औसध प्रयोग बाट पछिल्लो समयमा बालबालिका सम्बन्धि नराम्रो असर परेको छ । यसको प्रयोगले धेरै बालबालिकाहरु नराम्रो बाटो रोजेर आफ्नो जीवन नै बिगार्न तर्फ लागेका छन । यस बाट कसरी बाच्न सकिन्छ यो लागू औसध भनेको के हो आदि विषयमा इलाका प्रहरी कार्यालय बनेको विशेष सहयोगमा कार्यक्रम प्रस्तुत भएको थियो ।

सडक नाटक र लागू औसध सचेतना कार्यक्रममा प्रमुख अथिति बनेपा नगरपालिकाका प्रमुख लक्ष्मिनहरसिंह वादे श्रेष्ठ, विशेष अथिति प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, विशिष्ट अथिति बागमती प्रहरी प्रमुख उमेश राज जोशि, अथिति काभ्रे प्रहरी प्रमुख भुपेन्द्रखत्रि, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको साथै विभिन्न तह र ओदाका व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा लागु औषध सेवनले स्वास्थ्यमा पुर्‍याउने असर, पछिल्लो समयमा बालबालिकामा यसको प्रयोग , लागु औषध सेवन गरेका मानिसले ल्याउने समस्या, सामाजिक कलह, अभाव जस्ता कुराहरुमा रहेर सन्देश मुलक नाटक प्रस्तुत गरिएको थियो ।जनचेतनामूलक नाटक हेर्ने लाई बनेपामा रहेका सम्पुर्ण मानिसको बाक्लो उपस्थितिको साथै बनेपा भित्र रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए।