Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

व्यक्तित्व सम्मान सहित गौरीशंकर च्छोरोल्पा मिडियाको वार्षिकोत्सव सम्पन्न

Thursday, February 18, 2021 National Power

काठमाण्डौ – विभिन्न क्षेत्रमा ख्याती प्राप्त श्रष्टा, सर्जक तथा व्यक्तित्वहरुलाई सम्मान गर्दै गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लिको प्रथम वार्षिकोत्सव काठमाण्डौमा सम्पन्न भएको छ । बरिष्ठ कलाकार मदनदास श्रेष्ठको सभापतित्वमा सम्पन्न गरिएको कार्यक्रममा प्रमुख अतिथि माननिय संचार तथा सुचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ रहनुभएको थियो । प्रमुख अतिथिको आसनवाट बोल्दै मन्त्री गुरुङले गौरीशंकर च्छोरोल्पा मिडियाले नेपालको मिडिया क्षेत्रमात्र नभई गौरीशंकर हिमाल र सबै भन्दा उचाइमा रहेको च्छोरोल्पा हिमतालको समेत अस्थित्वलाई आत्मसाथ गर्दै लैजानुपर्ने बताए ।

दोलखा जिल्ला प्राकृतिक सम्पदाले भरिपुर्ण र सम्पन्न रहेको र यसको प्रचार प्रसार र सशक्त रुपमा लैजाने काम राज्यको चौथो अंगको रुपमा रहेको गौरीशंकर च्छोरोल्पा मिडियाले गर्ने विश्वसा व्यक्त गरे ।
कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर विशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । नेपालमा शुसासन कायम गर्नको लागि योगदान पुर्याउने पुर्व रक्षा सचिव देवेन्द्र सिटौला, सेनाका अवकास प्राप्त महासेनानी माधव सुन्दर खड्का, चलचित्र निर्देशक एवं गीनिज वुक अफ वल्ड रेकर्ड होल्डर माधव राज खरेल, व्यवसायी विदुर शर्मा, अभिनेता श्रीदेव भट्टराई, अधिवक्ता सुदर्शन थपलिया, दुव्र्यसन विरुद्धका अभियान्ता प्रविन शिवाकोटी, अधिकारकर्मी तारा तामाङ, जानकी वज्राचार्य, मिना वज्राचार्य, लक्ष्मी बस्नेत, लगायतका विभिन्न व्यक्तित्वहरुलाई उनिहरुको योगदानको कदर गर्दै विभिन्न शिर्षकबाट सम्मान गरिएको थियो ।
संचारकर्मि अर्जुन राज भण्डारीले संचालन गरेको कार्यक्रममा विविध किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।