Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले यो:मरी बनाउन सिक्दै

Thursday, December 31, 2020 Devil Singh Rajput

काठमाडौँ — पुस १६, २०७७।

नेप्लिज फेशन होमको आयाेजनामा याेमरी पुर्णिामाकाे शुभ अवसरमा मिस:नेवा नेपालका प्रतिस्पर्धीहरुले  यो:मरी बनाउन सिक्ने र सिकाउने कार्यक्रम सम्पन्न भएको छ । बिगतका बर्ष झै यस बर्ष पनि मिस नेवाहरुबाट नेवारी परिकार यो:मरी बनाएर आफनो मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेका छन् ।

उक्त कार्यक्रमको उद्घाटन सञ्चार विज्ञ  राजेन्द्र मानन्धरले पानसमा दियो बाली उद्घाटन गर्नु भएको थियो । विगत १७ वर्ष देखि निरन्तर रुपमा नेवार कला, भाषा तथा संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापित नेप्लिज फेसन हाेमले प्रत्येक वर्ष झैं यसपाली पनि १५ आौं मिस नेवा: नेपाल यहि माघकाे अन्तिममा फाईनल हुने गरि आयाेजना गर्ने र हाल १५ जना नेवार सुन्दरीहरु प्रतिस्पर्धामा उत्रेका छन् ।

मिस नेवा:हरु सुनिता डंगाेल , नितु डंगोल, संगिता महर्जन , प्रजिता श्रेष्ठ , राेशनी कुम्पाखा तथा पल्सा श्रेष्ठ द्वारा प्रतिस्पर्धि नेवारी सुन्दरीहरलाई योमरी बनाउन सिकाउनुका साथै योमरी बनाउने प्रतिस्पर्धाको आयोजना पनि गरेको थियो ।आयातीत संस्कृतिलाई भन्दा आफनो मौलिक कला तथा संस्कृतिलाई जोगाई राख्नु पर्नेमा  बिशेष जोड दिनु पर्ने नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताउनु भयो । साथै भोलीका सन्ततीलाई पनि आज संस्कार जोगाई राख्नु पर्नेमा बिशेष जोड दिनुभयो ।

नेप्लिज फेशन होमले प्रत्येक बर्ष यो:मरी पुन्यको दिन आफनै कार्यालयमा उक्त नेवारी परिकार बनाउने गर्दछ । उक्त कार्यक्रम सञ्चार विज्ञ मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो  । कार्यक्रममा बिशेष अतिथि नेपाल क्याेकुशिन सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ, गोरखापत्र संस्थानका पत्रकार दीपक बिहिन , इभेण्ट अर्गनाईजर खगेस रन्जितकार, पत्रकार तथा क्यामेरामेन भुपेन्द्र निरौला तथा समय सान्दर्भिक पत्रिकाका सम्पादक त्रिलोचन प्रधानको उपस्थिति रहेको थियो ।