Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

ओली जङ्गबहादुर शैलीमा जङ्गिए, प्रचण्डलाई कारबाहीको चेतावनी

Wednesday, December 2, 2020 National Power

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए ।

‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने रु’ ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो ।’ ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्डले धम्की नदिन भनेका थिए । त्यसपछि बैठकमा दुवै नेताबीच चर्काचर्की भएको थियो ।
बैठकमा प्रचण्डले बोल्दाबोलदै ओलीले जे मन लाग्यो त्यही बोल्न पाइन्छ रु भनी प्रश्न गरेका थिए । निकै आक्रोशित ओलीले प्रचण्डको प्रस्तावलाई छलफलका लागि योग्य र लायक नभएकाले अस्वीकृत गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यसमा बहुमत सचिवालय सदस्य सहमत भएनन् ।

मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो रु मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने रु’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

पार्टीभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म ओली अल्पमतमा परेपनि टसमस भएका छैनन् । उनलाई सत्ताच्युत गर्ने विरोधीको प्रयास पनि सफल हुन सकेको छैन । प्रधानमन्त्री भइसकेका तीन नेता र उपप्रधानमन्त्री भइसकेका दुई नेताको मोर्चा बन्दा पनि ओली बलियै छन् । उनले उल्टै कारबाहीको चेतावनी दिएका छन् ।