Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

कोरोनाविरुद्धको रुसी भ्याक्सिन अमेरिकी भ्याक्सिनभन्दा सस्तो पर्ने

Monday, November 23, 2020 National Power

एजेन्सी- रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अमेरिकामा उत्पादित भ्याक्सिनभन्दा सस्तो पर्ने भएको छ । स्पुतनिक भ्याक्सिन मोर्डना र फाइजर कम्पनिको भ्याक्सिनभन्दा सस्तो पर्ने भएको हो । रुसी भ्याक्सिन निर्माता गेमिलियाले स्पुतनिक भी को ट्वीटर एकाउन्टबाट आफ्नो भ्याक्सिन फाइजर र मोर्डनाको भ्याक्सिनभन्दा सस्तो पर्ने जनाएको हो । फाइजरको भ्याक्सिन दुई डजको ३७ डलर र मोर्डनाको ७४ डलर पर्न जाने समेत उल्लेख गरेको छ ।

भ्याक्सिन विकास भएको औपचारिक जानकारी हुँदा यसको मूल्यबारे समेत चासो बढेको छ । अहिलेसम्म फाइजर र मोर्डनाले विकास गरेको भ्याक्सिनको मूल्य सार्वजनिक भएको छ । स्पुतनिक भीको मूल्य नखुलाइएपनि अन्यको तुलनामा निकै सस्तो रहेको भनिएको छ । अक्सफोर्ड भ्याक्सिन पनि विकास भएको औपचारिक जानकारी आउन मात्र बाँकी छ । यसको मूल्य पनि खुलाइएको छैन ।