Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

राजा हिन्दुस्तानीका निर्देशकले भने, ‘छोट्याइएको थियो आमिर करिश्माको चुम्बन दृश्य’

Sunday, November 15, 2020 National Power

एजेन्सी – आमिर खान र करिश्मा कपुरको फिल्म राजा हिन्दुस्तानी रिलिज भएको २१ वर्ष पूरा भयो । यो मौकामा फिल्मका निर्देशक धर्मेसले यसको चुम्बनको दृश्यसँग जोडिएको एउटा रोचक किस्साबारे जानकारी दिए । स्मरण रहोस्, राजा हिन्दुस्तानीको चुम्बनको दुश्य निकै चर्चामा रहेको थियो । यो चुम्बनको दृश्य निकै लामो थियो । तर निर्देशकले यो दृश्यलाई थप लामो छायांकन गरिएको जानकारी दिए ।

धर्मेशले निर्माताको आग्रहमा यस्तो गरिएको बताएका थिए किनभने निर्मातालाई लागिरहेको थियो कि सेन्सर बोर्डले उक्त दृश्यमाथि कैंची लगाउनेछ । यद्यपि, सेन्सर बोर्डले फिल्मलाई यू सर्टिफिकेटसहित पास गरेको थियो ।

धर्मेश आफैंले यो दृश्यलाई छोटो बनाएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म तीन घण्टा २० मिनेट लामो होस् भन्ने मेरो चाहना थिएन, त्यसैले फिल्म २० मिनेट छोट्याएँ ।’ यस्तै, करिश्माले यो दृश्यबारे एक अन्तर्वार्तामा भनेका थिए, ‘यो समयमा त्यो मेरो निकै बोल्ड निर्णय थियो । यो दृश्य मानिसहरुको मनमा आज पनि ताजा छ तर यो छोटो दृश्य छायांकनमा मेरो हालत के भएको थियो, त्यो कसैलाई पनि थाहा छैन ।’

उनले थपिन्, ‘केही मिनेटको यो दृश्यका लागि ३ दिन लागेको थियो । यो दृश्य कहिले समाप्त होला भनेर मात्र दिमागमा आइरहेको थियो । यो दृश्य फेब्रअुरी महिनामा बेलुकी ६ बजे उटीमा छायांकन गरिएको थियो । त्यतिबेला यति चिसो थियो कि म बयान नै गर्न सक्दिनँ ।’