Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

कालो पोसाकमा देखिएको हिना खानको सुन्दरता, तस्बिर हेर्नुस्

Saturday, October 3, 2020 National Power

एजेन्सी-टिभीबाट बलिउडसम्म आफ्नो पहिचान बनाएकी हिना खान स्टाइलिस र फेशनेबल लुक्सले चर्चामा रहन्छिन् । इन्टरनेटमा उनको स्टाइलिश लुक भाइरल भइरहन्छ । हिनाले आफ्नो ग्ल्यामरस र शान्दार डे«सिङ सेन्समार्फत धेरैको मन जितेकी छिन् । कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँड्ने उनी पहिलो टिभी अभिनेत्री हुन् । उनी सोसल मिडियामा प्राय सक्रिय रहन्छिन् । प्रायः इन्टरनेटमा आफ्नो स्टाइलिश र स्टनिङ फोटो सेयर गर्छिन् ।
भर्खरै हिनाले कालो पहिरनमा सजिएर फोटोसुट गराएकी छिन् यी फोटोहरु उनले आफ्नो इन्स्टाग्राममार्फत सेयर गरेकी हुन् । यस फोटोमा उनले ब्ल्याक गोल्डेन मेटालिक आउटफिट लगाएको देखिन्छ । फोटोमा आफ्नो आकर्षक पहिरनसँगै उनले निकै राम्रो एक्सप्रेसन पनि दिएकी छिन् । हिना खानको मेकअप सचिन सालवीले गरेका हुन् । हिनाको फेसमा फाउन्डेशनको पर्फेक्ट बस बनाइएको छ । गोल्डेन र कपर कलरको आइस्याडो लगाइएको छ ।


ब्ल्याक लाइनर र मस्कारा लगाएर उनको आई मेकअप पूरा गरिएको छ । हिना खानले लाइट ब्राउन ब्लशर र हाइलाईट लगाएकी छिन् । त्यस्तै उनले मरुन कलरको लिपिस्टिक लगाएकी छिन् । यो लुक निकै राम्रो देखिएको छ । हिना खान आफ्नो लुक र फेसन सेन्समार्फत लाखौं युवतीहरुलाई प्रेरित गर्ने गर्छिन् ।