Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित

Thursday, September 24, 2020 National Power

काठमाडौं – देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको जानकारी दिए ।

आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ६ सय, प्रदेश नम्बर २ मा १२ हजार ८ सय ५, बागमती प्रदेशमा ३ हजार ७२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ८ सय २५, कर्णाली प्रदेशमा २ हजार ७ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ३ सय ७० गरी देशभरी ५० हजार ४ सय ११ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

अब देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । हालसम्म देशभर निको हुनेसहित संक्रमितको कुल संख्या ६९ हजार ३०१ रहेको छ।