Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

काभ्रे कलेज प्रमुख बैदार सहित ३ विरुद्ध ठगी मुद्दा दायर 

Tuesday, September 22, 2020 National Power

काभ्रेको बनेपामा रहेको काभ्रे बहुमुखी क्याम्पसका प्रमुख र अध्यक्षलाई ठगीको आरोप लागेको छ ।

क्याम्पस प्रमुख केजी बैदार र संचालक समिति अध्यक्ष लम्बोदर कायस्थ र सदस्य कृपेन्द्र क्षेष्ठ विरुद्घ ठगी मुद्दा दर्ता भएको हो ।

उनीहरु विरुद्घ विदार्थीहरुले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अनिवार्य विषय अध्यापन नगराई परीक्षामा सामेल गराएर ठगी गरेको आरोप लागेको हो ।

कक्षा ११ र १२ मा कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीको मुख्य विषय रसायन विज्ञान र भौतिक विज्ञान अनिवार्य विषयको सट्टा नेपाली र अङ्ग्रेजी अध्यापन गराएका कारण परीक्षा बोर्डले स्नातक तहमा ती विद्यार्थीले कम्प्युटर इञ्जिनीयरिङ अध्ययन गर्न नमिल्ने जनाएसँगै विदार्थीहरुले उनीहरु विरुद्घ आफूहरुलाई झुकाएर ठगी गरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय बनेपामा ठगीको उजुरी दर्ता गरेका हुन् ।

कलेजले कम्प्युटर इन्जिनियरिङमा भर्ना भएका ११ कक्षाका विद्यार्थीहरुलाई कम्प्युटर बिज्ञान र बिज्ञान बिषय तर्फ लगेको छ तर बिज्ञान बिषयको अध्ययन गराउनको लागी नगरपालिकाले अनुमती दिएको भने छैन ।

यस विषयमा इलाका प्रहरी कार्यालयका इन्सपेक्टर योगेन्द्र तिमिल्सनासँग बुझ्दा उजुरी परेकाले आवश्यक प्रकृया पुरा गरी वारेन्ट पुर्जी काटिन लागेको जानकारी दिनुभयो । – त्रिबेणी खबर बाट