Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

आजबाट निषेधाज्ञा हट्यो, यातायातमा जोरबिजोर प्रणाली लागु

Thursday, September 10, 2020 National Power

काठमाडौ – सरकारले आजबाट निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र अझै एक हप्ता अझै सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ ।

काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिनेछ । ट्याक्सीमा ३ जना राख्न पाइनेछ । निजी सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ । ती यातायातमा जोर बिजोर लागु गरिएको छ ।

अत्यावश्यक वस्तु वा सेवाको पसल तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । ढुवानीका लागि प्रयोग हुने साधन २ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सपिङ मल, कपडा, जुत्ता पसल साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाडा र भान्याजन्य सामानका पसलहरु आइतबाट मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटो मोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ ।

काठमाडौं उपत्यकामा २१ दिन लामो निषेधाज्ञा अन्त भएपनि खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न सभा जुलुस गर्न निषेध गरिएको छ । जात्रा, महोत्वस, भोजभतेर संचालन गर्न गराउन पाइनेछैन ।

धार्मिक कार्यमा दैनिक नित्य पूजाबोहकका गतिविधिहरु सञ्चालन गर्न पाइनेछैन । चाडपर्वलगायतका धार्मिक सांस्कृतिक तथा समाजिक कार्य गर्नका लागि जमघट गर्न, शैक्षिक संस्थाहरु सञ्चालन गर्न निषेध गरिएको छ ।