Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आजबाट निषेधाज्ञा हट्यो, यातायातमा जोरबिजोर प्रणाली लागु

Thursday, September 10, 2020 National Power

काठमाडौ – सरकारले आजबाट निषेधाज्ञा हटाएको छ । कोरोना भाइरसको रोकथामको लागि भन्दै निश्चित क्षेत्र अझै एक हप्ता अझै सञ्चालन गर्न नपाउने नियम समेत बनाएको छ ।

काठमाडौं उपत्यकाभित्र १६ सिट क्षमताभन्दा बढी भएका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिनेछ । ट्याक्सीमा ३ जना राख्न पाइनेछ । निजी सवारी साधनहरु सञ्चालन गर्न पाइनेछ । ती यातायातमा जोर बिजोर लागु गरिएको छ ।

अत्यावश्यक वस्तु वा सेवाको पसल तथा व्यवसाय सञ्चालन गर्न सकिनेछ । ढुवानीका लागि प्रयोग हुने साधन २ बजे देखि ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । सपिङ मल, कपडा, जुत्ता पसल साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइनेछ ।

भाडा र भान्याजन्य सामानका पसलहरु आइतबाट मंगलबार र शुक्रबार मात्र खोल्न सकिनेछ । फर्निचर र अटो मोबाइल सम्बन्धी पसल सातामा सोमबार र बुधबार मात्र खोल्न सकिनेछ ।

काठमाडौं उपत्यकामा २१ दिन लामो निषेधाज्ञा अन्त भएपनि खुल्ला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न सभा जुलुस गर्न निषेध गरिएको छ । जात्रा, महोत्वस, भोजभतेर संचालन गर्न गराउन पाइनेछैन ।

धार्मिक कार्यमा दैनिक नित्य पूजाबोहकका गतिविधिहरु सञ्चालन गर्न पाइनेछैन । चाडपर्वलगायतका धार्मिक सांस्कृतिक तथा समाजिक कार्य गर्नका लागि जमघट गर्न, शैक्षिक संस्थाहरु सञ्चालन गर्न निषेध गरिएको छ ।