Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्यु

Tuesday, August 25, 2020 National Power

काठमाडौं – बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ संक्रमित भेटिएका छन् । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।