Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

कोरोनाबाट काठमाडौंमा थप एक जनाको मृत्यु

Tuesday, August 25, 2020 National Power

काठमाडौं – बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार काठमाडौं घर भएका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् । योसँगै मुलुकभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ । हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ संक्रमित भेटिएका छन् । तीमध्ये १८ हजार ८ सय ६ जना निको भएर घर फर्किसकेका छन् ।