Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गायक कमल के क्षेत्रिको नया गीत ” तिम्रो मनमा” सार्वजनिक…. (भिडियो सहित)

Tuesday, July 28, 2020 Devil Singh Rajput

गायक कमल के क्षेत्रिको बिल्कुल्यै नया गीत ” तिम्रो मनमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। लामो समय देखि संगीत अनि गायन छेत्रमा आवद्द भै आफुलाई एक होनाहार र प्रख्यात ,चर्चित गायकको रुपमा स्थापित गर्न सफल गायक कमल के क्षेत्रि दर्शकले मन पराएका र दर्शक श्रोताहरुको मनमा बस्न सफल गायक हुन्। उनले गाएका प्राय सम्पूर्ण गीतहरु युवापुस्तालाइ लछित गरिएको हुन्छ भने प्रेमिल गायनमा उनि प्रख्यात समेत छन। तर केहि समय यता आफु धर्म कर्म बढी ध्यान दिने र बिश्वास समेत गर्ने गरेको गायकको भनाई रहेको छ र यसै बिश्वासलाइ दर्शक श्रोतहरु अनि धार्मिक व्यक्तित्वहरुमाझ कायम राख्न गायक कमल के छेत्रीले केहि धार्मिक गीतहरु समेत गाएका छन र उक्त धार्मिक गीतहरु पनि दर्शकको रुचिमा परेका छन। बिशेषतया आफु भगवान भोलेनाथको भक्त रहेकोले भगवान महादेवकै बारेमा शब्द रचेर ,गीत गाएका छन भने उक्त धार्मिक गीतहरुको म्युजिक भिडियोपनि श्री पशुपति क्षेत्रमै छायांकन गरेका छन।

सार्वजनिक यस गीत भने प्रेमिल भावमा तयार भएको छ। देशमा कोरोना जस्तो भयानक महामारीमा देश र जनता रोइरहदा सोहि पिडा अनि चिन्तालाइ सकेसम्म केहि कम होस् भन्ने हेतुले आफ्नो दर्शक तथा संगीत प्रेमीहरुको लागि यो कोसेली लिएर आएको गायक क्षेत्रिको भनाइ रहेको छ। गीतमा गायक कमल के क्षेत्रिको एकल गायन रहेको छ भने यस गीतमा शब्द संगीत गायककै रहेको छ। गीतको संगीतलाइ शैलेन्द्र म प्रधानले एरेन्ज गरेका छन। आकर्षण लोकेशन अनि गीतको भावलाई मिलाउने गरि तयार गरिको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेको । भिडियोमा सद्दाम हुसेन र रिश्ता शाहीको अभिनय रहेको छ भने भिडियोलाई एदिल अन्सारीले खिचेका हुन्। गायक क्षेत्रिले आफ्नै अफिसियल युत्युब च्यानलमार्फत सार्वजनिक गरेको यस म्युजिक भिडियोलाई तुलाराम थापाले निर्देशन गरेका छन।