Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

भुवन- साम्राज्ञी बिचको द्वन्द्व चरम उत्कर्षमा , भुवनले दिए साम्राज्ञी विरुद्ध उजुरी

Friday, July 3, 2020 National Power

काठमाडौ- अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको द्वन्द्व नयाँ चरणमा पुगेको छ । केसीमाथि शाहले यौन दुव्र्यवहारको आरोप लगाएकोमा यसलाई झुटो भन्दै अर्को उजुरी परेको छ । केसीले शाहमाथि आज चलचित्र कलाकार संघमा उजुरी दिएका हुन् ।

बिहिबार कलाकार संघमा भुवनले साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको उल्लेख गरी उजुरी दिएका छन् । उजुरी पत्रमा सामाजिक सञ्जालमा शाहले विभिन्न आक्षेप, आरोपहरु लगाई मनगढन्ते र निराधार चरित्र हत्या हुने कुराहरु व्यक्त गरेको भन्दै आवश्यक छानविन गर्न निवेदन दिएको भनिएको छ । केसीले घटनाको छानविन गरी वास्तविकताबारे जानकारी गराइदिन समेत भनेका छन् ।