Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

टुंगोमा पुग्न सकेन लकडाउनको मोडलिटी

Monday, June 8, 2020 National Power

काठमाडौ – सरकारले जारी गरेको लकडाउनको नागरिकबाट स्वतः उलंघन भइरहेका बेला लकडाउनको स्वरुप परिवर्तनको निर्णय गर्न बसेको उच्चस्तरीय समिति बैठक आईतबार पनि निर्णयमा पुग्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अबेर रातीसम्म बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समतिको बैठकले लकडाउन खुकुलो बनाउने कार्ययोजना सहितको मस्यौंदा टुङ्ग्याउन नसकेको हो ।

विगत केही दिनदेखि निजी क्षेत्र, व्यवसायी, अर्थविज्ञ लगायत विभिन्न निकायका प्रतिनिधि र पदाधिकारीसँगको छलफलपछि तयार पारेको मस्यौंदामा अन्तिम सहमति जुटाउन बैठक बसेको बताइए पनि बैठकले ठोस निर्णय गर्न सकेन ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले कार्ययोजनाको मस्यौंदामाथि छलफल भएको र प्राप्त थप सुझावलाई समावेश गरी मस्यौंदा परिमार्जन गरी पुनः अर्को बैठकमा पेश गर्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘तयार भइरहेको कार्ययोजनाको मस्यौंदामा आजपनि घनिभूत छलफल भयो । कार्य, सेवा र विषयवस्तुका हिसाबले अझै परिमार्जन गरेर अन्तिम तयारीमा लैजाने गरि आजको बैठक सम्पन्न भएको छ । यो कार्य जारी छ । प्रधानमन्त्री र उपप्रधानमन्त्री सहित सम्पूर्ण टिम आजको यो विशेष बैठकमा सहभागी भएको थियो । विभिन्न चरणबाट सुझावहरु र निर्देशन प्राप्त भएका छन् ।

यसलाई उच्चस्तरीय समन्वय समितिले ग्रहण गरेको छ र यसलाई फेरि मौजुदा प्रस्ताव उपर परिमार्जन गरेर समृद्ध गरी पुनः पेश गर्ने गरि बैठक सम्पन्न भएको छ ।’

Source #Ratopati#