Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपालकै पहिलो अनलाइन अभिनय कक्षा सञ्चालन गर्दै रङ्गकर्मी प्रल्हाद खरेल

Sunday, June 7, 2020 National Power

काठमाण्डौ – दुई दशकदेखि नेपाली रङ्गमञ्च, कलाकारिता तथा चलचित्र क्षेत्रमा निरन्तर कार्य गर्दै आएका अभिनय तथा नृत्य प्रशिक्षक प्रल्हाद खरेलले लकडाउनको समय अनुकुल बिचार गरि अभिनय सिक्न चाहेर पनि सिक्न अनुकुल वातावरण नपाएका बर्गहरुलाई लक्षित गरि हप्तामा दुईपट्क अभिनयको कक्षा सञ्चालन गर्दै आएका छन । उक्त कक्षामा अभिनय, नाटक र चलचित्र सम्बन्धी बिभिन्न ज्ञान कुराहरु प्रस्तुत गरिने रङ्गकर्मी प्रल्हाद खरेलले बताए ।

रङ्गकर्मी, अभिनय तथा नृत्य प्रशिक्षक प्रल्हाद खरेल सानैदेखी नै नेपाली रङ्गमञ्च तथा चलचित्र क्षेत्रमा गहिरो अभिरुची राख्दै आएका हुन । यस् क्षेत्रमा आफ्नो अभिनय यात्रा बाल कलाकारबाटै सुरुवात गरेपनि वि स २०५५ सालबाट भने व्यवासायिक रुपमा उनले यो क्षेत्रमा आफ्ना पाइला चालेका हुन । त्यसपछी उनले रङ्गमञ्च, चलचित्र, सिरियल आदिमा भिन्न भिन्न चरित्र तथा भूमिका निभाउदै यस् क्षेत्रमा आफ्नो आधीपत्य जमाउन सफल भएका हुन । यस लगयत उनले नृत्य निर्देशक, प्रशिक्षक तथा कोरियोग्राफरका रुपमा पनि कार्य गरेर चर्चा कमाउन सफल भएका छन ।

यस् अघि नेपालमा सम्भवत कसैले पनि अभिनय तथा नाटक बिषयमा यस्तो किसिमहालसम्मको अनलाइन कक्षाहरु सन्चालन नभएको बताउदै आफुले सकेसम्म यस् सम्बन्धी सम्पूर्ण आवश्यक ज्ञानका कुराहरु सम्मिलित गर्ने कुर बताउछन ।

आउँदा दिनका कक्षामा नाटक, चलचित्र सम्बन्धित सम्पुर्ण जानकारीहरु लगयात लेखन, निर्देशन तथा प्राविधिक सम्बन्धी ज्ञानका कुराहरु पनि समाबेश गर्दै लैजाने उनको सोच छ । विशेषत: हाल अभिनयको पुर्विय र पश्चिमी सिद्धान्तमा आधारित रहेर अभिनयको कक्षा सञ्चालन हुँदै आइरहेको कुरा पनि अभिनय तथा नृत्य प्रशिक्षक प्रल्हाद खरेलले जानकारी गराए ।

कक्षाहरु हप्ताको प्रत्यक मङ्गलबार र शुक्रबारका दिन थियटर एक्स्प्रेसको युटुब च्यानलबाट प्रसारण भैरहेको छ ।

Source : #Tej Nepal#