Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भैरहवा नाकाबाट आउने मालवाहक गाडी रोकिए

Tuesday, June 2, 2020 National Power

काठमाडौ –  रुपन्देही स्थित भैरहवाको (बेलहिया) नाकाहुँदै मुलुकमा भित्रिने मालवाहक गाडी भारतीय सीमामा रोकिएका छन्।सिमावर्ती भारतीय भन्सारका एजेन्टले कामकाजका लागि नेपाल भन्सारमा आउन नपाएको भन्दै भारतमा गाडीको जाँचपास रोक्ने निर्णय गरेपछि मुलुकमा आउने मालवाहक गाडी सीमामा रोकिएका हुन्। सिमापारी मालवाहक गाडीहरुको २० किलोमिटरसम्म लाम लागेको छ ।

भारतमा कोरोना संक्रमण फैलिदै गएको र भारतीयको भन्सारमा आवतजावतले नेपालमा संक्रमण फैलिन सक्ने भन्दै बेलहियाका स्थानीयले उनीहरुको आवतजावतमा रोक लगाउनमा माग गरेका थिए ।

सोही अनुसार भारतीय भन्सारका एजेण्टलाई नेपालमा आउने रोक लगाइएको थियो । जसकारण सिमापारीका सोनौली ट्रान्सपोर्ट एण्ड किल्यरिङ एजेण्ट एसोसियसनले मंगलबारदेखि आन्दोलनस्वरुप आफ्नो कामकाज ठप्प गरेका छन् ।

यस विषयमा उनीहरुले जिल्ला प्रशासान कार्यालय रुपन्देही, भैरहवा भन्सार कार्यालय र इलाका प्रहरी कार्यालय बेलहियामा पत्रमार्फत जानकारी समेत दिएका छन् । पत्रमार्फत उनीहरुले भैरहवा भन्सारमा आउन अनुमति नदिएसम्म आफूहरुले काम नगर्ने बताएका छन् ।

भारतको सोनौली ट्रान्सपोर्ट एण्ड किल्यरिङ एजेण्ट एसोसियसनलले भन्सार जाँचपास गर्न भैरहवा भन्सारमा आउन नपाउँदा गाडीलाई भाडा दिन, नेपालमा भन्सार राजश्व जम्मा गर्न, भन्सारबाट गाडी निकाल्न जस्ता अनेक समस्या भएको पत्रमा उल्लेख गरिएको छ ।

भैरहवा नाकाबाट विगतमा दैनिक चार सयको हाराहारीमा मालवाहक गाडीहरु भित्रिने गरेका थिए भने लकडाउन भएदेखि औसतमा दैनिक डेढ सय मालवाहक गाडीहरु भित्रिने गरेका थिए ।

भारतको सोनौली नाकाबाट मंगलबार बिहानदेखि भन्सारमा कुनै पनि मालवाहक गाडी नआएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

‘मालवाहक गाडी भित्रिनमा हाम्रो तर्फबाट कुनै अवरोध सिर्जना भएको छैन,’ उनले अन्नपूर्णसँग भने, उनीहरुको (भारततर्फ) आन्तिरक समस्याका कारण भन्सारमा मालवाहक गाडी आउन नसकेको हो ।’

उनले सोनौली ट्रान्सपोर्ट एण्ड किल्यरिङ एजेण्ट एसोसियसन गरेको पत्राचारबारे आफूलाई जानकारी नभएको दावी गर्दै सिमापारी रोकिन पुगेका मालवाहक गाडीहरु भित्रयाउनका लागि पहल भइरहेको बताए ।

source #annapurna post#