Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

लकडाउनको बेलामा निःशुल्क खाना बाँड्दै स्वयंसेवकहरु

Saturday, May 9, 2020 National Power

काठमाडौ – कोरोना भाइरसको संक्रमण बढिरहेको बेला सरकारले लगाएको लकडाउनको समय बढ्दै जाँदा दैनिक ज्यालादारी गर्ने मजदुरहरु जसको घरमा चुलो बल्दैन खाना खान धौ- धौ परिरहेको छ उनीहरूको लागि काठमाडौंको सिफल चौरमा निःशुल्क खाना वितरण भइरहेको छ। लकडाउन सुरु देखि नै निःशुल्क खाना खुवाउने व्यवस्था गर्दै आइरहेको हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय कार्यवाहक मुरली निरौलाले जानकारी दिए।

बैशाख १९ गते देखि जनचेतना नेपाल, नवजीवन युवा क्लब, सामाजिक अभियान्ता कलाकार निर्मल शर्मा लगायतको पहलमा काठमाडौंको सिफल चौरमा दैनिक नि:शुल्क खाना खुवाउने व्यवस्था गरेको हो। सिफल आसपास, कालोपुल, रातोपुल, चाबहिल लगायतका क्षेत्रमा दैनिक छाक टार्न मुस्किल भएकाहरुलाई खाना खुवाउने व्यवस्था गरिएको जनचेतना नेपाल बाग्मती प्रदेश संयोजक मुना निरौला त्रिपाठीले बताइन्।

महामारीको समयमा जीवन धान्न समस्यामा परेकाहरुलाई थोरै भए पनि राहात पुर्याउन सकिन्छ भन्ने हेतुले खाना खुवाउने व्यवस्था मिलाएको नवजीवन युवा क्लबका अध्यक्ष प्रतीक श्रेष्ठले बताए।

निःशुल्क खाना खुवाउने कार्य लकडाउन रहेसम्म जारी रहने जनचेतना नेपालका निर्देशक कवीन्द्र त्रिपाठीले बताए। मानव कल्याणका लागि देशमा आइपर्ने विपतका बेला सरकार र समाजलाई स्वयंसेवक भूमिका निर्वाह गर्न हामी सदैव तत्पर रहको जनचेतना नेपालका अध्यक्ष बालकृष्ण निरौलाले जानकारी दिएका छ्न।