Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भेटन नपाई छट्पटिएका छ्न …

Saturday, May 9, 2020 National Power

कविता :भेटन नपाई छट्पटिएका छन 

स्पन्दन गुमाएका मुटु प्राण हराएका देह
एक्कासी लाखौं प्रकट भएका छन ,
हृदय नेपालमा ढुकढुकी बिदेशमा
हजारौं त स्वदेशमै भएपनी प्रिय-प्रीया अर्को शहरगाउँमा ।

पृथ्वीमा संकुचन आएको छ भन्थे
अत्याधुनिक साधनहरुले संसारलाई,
एउटा कोठामा सीमित पारिदिएको भन्थे
त्यो कथन अहिले निरस बनेको छ ,
महिनौं लाग्ने भएको छ 
एक कोठाबाट अर्कोको दुरि पार गर्नमा ।

अकारण निरुद्देस्य हो वा बुझ्न नसकिने अमीस्ट 
प्रकृतिले खित्का छाडेर ठट्टा गर्दैछ ,
प्रेमी युगल कोहि कता कोहि कता
उहिले आनन्द दिएका अंकमालको सम्झनामा
भेटन नपाइ छटपटिएका छन,
कहिले कसलाई,कहिले कसलाई सराप्दै तडपिएका छन ।

स्वच्छन्द मानवलाइ जताततै बन्देज 
सुनसान जंगलका राजमार्गमा भने नरभकक्षी जनावरहरु,
निर्धक्क दिउंँसै रोमान्स गर्दैछन
कोरोना भाइरसले ल्याएको लकडाउन 
तालबन्दी हो वा मानिसको "लक"डाउन गरेको हो 
कोहि कोहिले यसरी पनि सोच्ने गरेका छन !
      कवि : डा. डीआर उपाध्याय