Saturday 28th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

भाेक भाेकै मर्न लाग्दा खाना खुवाउदै राेहित , सर्बश्री र साथीहरू

Friday, April 17, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला विश्वका प्राय सबै देशहरु लकडाउन अवस्थामा छ ।

नेपाल सरकारले पनि देश लाई लकडाउन लगाएको ३ साता न्याग्यो । लकडाउनले दैनिक ज्यालादारी काम गर्न मजदुरीहरु लाई निकै समस्य परेको देखिन्छ ।सरकारले कोरोना भाइरसको संक्रमण नबडोस भनेर लकडाउनलाई दिन प्रतिदिन कडाइ गर्दै आएको छ ।

लकडाउनले गर्दा सडकमा रहेका पशुपन्छीहरु भोक भोकै मर्न अवस्थामा पुगेकोमा लगभग १५०० देखि २००० छाडा कुकुरहरु लाई खाना खुवाउने काम भएको छ ।

खाना खुवाउने काम सर्वश्रि अधिकारी र रोहित श्रेष्ठले लकडाउनको सुरु देखी नै बनेपा एरिया भरि रहेका छाडा कुकुरहरुलाइ बिहान र बेलुका दुई समयमा खुवाउने काम गर्नु भएको हो ।

उक्त कार्य गरिरहदा कोरोनाकाे त्रास दिनदिनै बढिरहेकोले हिडडुल गर्न खतरा भएको छ । तर म भित्र बसेर तिमि हरुलाई भोकले छट्पटाएँ र मार्न सक्तिन म सित पीपीई त छैन तर रेनकाेट लगाएर भए पनि आफूले भ्याए सम्मको लाई खुवाउने छु । याे मेराे बाचा भाे उहाँले भन्नू भयो ।

मलाई जन्म दिने मेरा अामा र बाबाकाे आशिर्बाद अनि मेराे परिवार र साथिभाईकाे साथ र मायाले मलाई हाैसला मिलेको छ र सधैंभरि यसरी नै
सेवा र सहयोग गर्न पाउ अधिकारीले भन्नू भयो । सर्वश्री अधिकारी एक सामाजिक अभियान्ता हुनुहुन्छ ।