Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

भाेक भाेकै मर्न लाग्दा खाना खुवाउदै राेहित , सर्बश्री र साथीहरू

Friday, April 17, 2020 National Power

काभ्रेपलान्चोक – बनेपा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण यति बेला विश्वका प्राय सबै देशहरु लकडाउन अवस्थामा छ ।

नेपाल सरकारले पनि देश लाई लकडाउन लगाएको ३ साता न्याग्यो । लकडाउनले दैनिक ज्यालादारी काम गर्न मजदुरीहरु लाई निकै समस्य परेको देखिन्छ ।सरकारले कोरोना भाइरसको संक्रमण नबडोस भनेर लकडाउनलाई दिन प्रतिदिन कडाइ गर्दै आएको छ ।

लकडाउनले गर्दा सडकमा रहेका पशुपन्छीहरु भोक भोकै मर्न अवस्थामा पुगेकोमा लगभग १५०० देखि २००० छाडा कुकुरहरु लाई खाना खुवाउने काम भएको छ ।

खाना खुवाउने काम सर्वश्रि अधिकारी र रोहित श्रेष्ठले लकडाउनको सुरु देखी नै बनेपा एरिया भरि रहेका छाडा कुकुरहरुलाइ बिहान र बेलुका दुई समयमा खुवाउने काम गर्नु भएको हो ।

उक्त कार्य गरिरहदा कोरोनाकाे त्रास दिनदिनै बढिरहेकोले हिडडुल गर्न खतरा भएको छ । तर म भित्र बसेर तिमि हरुलाई भोकले छट्पटाएँ र मार्न सक्तिन म सित पीपीई त छैन तर रेनकाेट लगाएर भए पनि आफूले भ्याए सम्मको लाई खुवाउने छु । याे मेराे बाचा भाे उहाँले भन्नू भयो ।

मलाई जन्म दिने मेरा अामा र बाबाकाे आशिर्बाद अनि मेराे परिवार र साथिभाईकाे साथ र मायाले मलाई हाैसला मिलेको छ र सधैंभरि यसरी नै
सेवा र सहयोग गर्न पाउ अधिकारीले भन्नू भयो । सर्वश्री अधिकारी एक सामाजिक अभियान्ता हुनुहुन्छ ।