Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पाँचखाल नगरपालिकाले कोरोनाको रोकथामका लागि डिसइन्फेक्टेन्ट स्प्रे छर्किन सुरु

Tuesday, March 31, 2020 National Power

पाँचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि डिसइन्फेक्टेन्ट स्प्रे छर्केको छ ।

नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार एरियाबाट स्प्रे छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख महेश खरेल, प्रमुख प्रशसकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, समजसेवि कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी, नगरपालिका कर्मचारी, सशस्त्र प्रहरी पाँचखाल लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

डिसइन्फेक्टेन्ट स्प्रे छर्कन सशस्त्र प्रहरी कार्यालय पाँचखालको बिशेष सहयोग रहेको थियो ।