Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

“मिस टिन ग्लोवल ब्युटी नेपाल” को ग्राण्ड अडिसन चैत्र १५ र २२ गते लुना रेस्ट्रो एण्ड बारमा हुँदै

Friday, March 20, 2020 Devil Singh Rajput

काठमाडौँ —चैत्र ७ ।

कथा ईभेन्टको आयोजनामा हुन गईरहेको “मिस टिन ग्लोवल ब्युटी नेपाल २०२०” को ग्राण्ड अडिसन यहि चैत्र १५ र २२ गते राजधानीको दरवारमार्गस्थित लुना रेस्ट्रो एण्ड बारमा हुने भएको छ ।

आगामी वैशाख महिनामा सम्पन्न हुने सो सौन्दर्य प्रतियोगिता, नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउँदै नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तरसम्म विकास गर्दै लैजानेन उदेश्यका साथ आयोजना गर्न लागिएको आयोजक संस्थाकी अध्यक्ष गनिका गुरुङ्गले बताइन ।

प्रतियोगिताका लागि १३-१९ वर्ष समूहबाट छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको आयोजक अनिल बुर्जा मगर बताउछन l

यस सौन्दर्य प्रतियोगिताले नेपाली युवतीहरु बीच व्यक्तित्व विकास र अन्तर्निहित प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी बिस्वस्त छन् । इच्छुक प्रतियोगीहरुले कथा ईभेन्टको कार्यलय तथा लुना रेस्ट्रो एण्ड बार, दरवारमार्गबाट फर्म लिएर अडिसनमा सहभागिता जनाउन सक्नेछन।

यस सौन्दर्य प्रतियोगिताको बिजेताले उपहार स्वरुप स्कुटर र अन्य आकर्षक गिफ्ट ह्याम्परको साथसाथै ब्राजिलमा आयोजना हुने “मिस टिन ग्लोवल ब्युटी ईन्टरनेशनल,२०२०” मा नेपाललाई प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने छन ।

विस्तृत जानकारीको निम्ति:-
कथा ईभेन्ट प्रा लि
सम्पर्क :- ९८६३९४२५७७