Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सस्तोमा धेरै भिडियो खेल्न चाहान्छु ; मोडल रेनु पुन

Monday, February 24, 2020 National Power

 

काभ्रेपलान्चोक –  बनेपा बाग्लुङ जिल्लाको गाल्कोटमा जन्मनुभएको मोडल रेनु पुन आज भोलि ब्यस्त देखिनु हुन्छ । सानै उमेर देखि मोडलिङ गर्छु भन्ने चाहाना लिएर अगाडि बढनु भएको पुन आज एक सफल मोडल बन्नु भएको छ । रेनु पुनलाई धेरै जसो लोकदोहोरी गितमा अभिनय गरेको देख्न पाइन्छ । उहाँ केही गितहरु निकै चर्चा कमाएका छन भने केही गितहरुले सोछे जस्तो सफलता पाउन सकेको छैन । सानो उमेर देखि नै निकै षंघर्स र मेहनतले यो क्षेत्रमा आएको बताउनु हुन्छ । उमेरले २४ बर्षको रेनु पुन डान्स गर्न , भलिबल खेल्न मन पर्यौनु हुन्छ । प्रस्तुत छ नेशनल पावर न्यूज डट कमका लागी अरबिन्द्र गौतमले मोडल रेनु पुनसँग गरेको छोटो अनि रमाइलो कुराकानी 

० आज बोली केमा ब्यस्त हुनुहुन्छ ?
म खासै त्यति धेरै ब्यस्त त छैन । यहीँ गित संगीत क्षेत्रमा लागि रहेको छु मैले अभिनय गरेका गितहरु आउने क्रम जारी छ । केही बजारमा छन भने केही गितहरु आउदै छन । मैले धेरै जसो लोक दोहोरी गितमा अभिनय गरेको छु

० तपाईंले अभिनय गरेको सबैभन्दा पछिल्लो गित कुन हो कत्तिको दर्शक श्रोताको माया पायो ?
मैले अभिनय गरेको पछिल्लो समयको रमेश बाबू थापाको गुर्जा गाउँ भने गित हो । यो गितले निकै दर्शक श्रोताको माया पाइरहेको छ ।

० कलाकारिता क्षेत्रमा कसरी लाग्नु भयो ?
मलाई कलाकारिता क्षेत्रमा आउने चाहाना पहिले देखी नै थियो । मेरो दिदी पनि गायिका हुनु हुन्छ उहाँ सँग हिडदा सबैले चिन्नु भयो अनि गित बाट अफर आएकोले अभिनय गरेको हु ।

० अहिलेसम्म कति वटा म्युजिक भिडियोमा अभिनय गर्नु भयो ?
खासै धेरै त गर्न सकेको छैन भर्खर भर्खरै यस क्षेत्रमा लागेको हु अहिलेसम्म त्यस्तै ४०,५० वटा जति भयो होला ।

० कलाकारिता क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
म कलाकारिता क्षेत्र बाट सन्तुष्ट छु किनकी मैले चाहाना गरेको क्षेत्र पनि हो र सोछे जस्तो सफलता पाएकोमा म निकै खुशी पनि छु ।

० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
मज्जाले सकिन्छ तर आफुसँग कला अनि मेहनत गर्न बानी हुनु पर्छ । जसले मेहनत गर्छ उ मज्जाले बाच्न सक्छ ।

० तपाईंले बिबाह गर्नु भएको छ ?
गरेको छु ।

० तपाईंले आफुलाई लायकको केटा हेर्नुपर्ने भयो भने कस्तो टाईपको हेर्नू हुन्छ ?
उहीँ त हो नि सदैब माया गर्न , कियर गर्न , अलि राम्रो ।

० नायिका तथा मोडलहरुले अहिले पछीले समय अङ्ग प्रदर्सन गरेर चर्चा कमाएका छ्न ? के चर्चामा आउन अङ्ग प्रदर्सन नै गर्नु पर्ने हो ?
यो म चाहिँ मान्दिन किनकी चर्चामा आउनको लागि कला चाहिन्छ । जो सँग कला छ उ एक दिन सफल कलाकार बन्ने छ ।

० तपाईंले अभिनय गरेको सबैभन्दा चर्चाको गित कुन हो ?
शितल छायाको भन्ने लोक दोहोरी गितले निकै चर्चा पाएको थियो ।

० अब दर्शक श्रोताले हजुरको कुन गित देख्न पाउने छ्न ?
अफरहरु अहिरहेका छन । फिक्स भएको छैन जे होस अब केहि दिन पछाडी नै सुटिङ हुने कुरा भएको छ चाडैं आउने छ प्रतीक्षा गर्नु होला भन्न चाहान्छु ।

० तपाईंलाई पछि गएर कस्तो नायिका थाहा मोडल बन्न मन छ ?
कस्तो भन्दा पनि मलाई मेरो नामले चिन्न मन छ । अनि मलाई मेरो गित लाई यो नायिका तथा मोडल ठिक छ उसलाई अफर गरु भन्ने टाइपको र साथै धेरै गितमा अभिनय गर्न चाहान्छु तर अरु चलेका जस्तै गरि होइन अलि सस्तो मुल्यमा धेरै गितमा देखिन चाहान्छु ।

० मोडलीङ क्षेत्र आएको बिकृति लाई कसरी लिनु भएको छ ?
हो मोडलीङ क्षेत्र बिकृति आएको छ तर सबै कलाकारले बिकृति ल्याएका छैन्न केहि कलाकारले यस्तो गरे भन्दैमा कलाकारिता क्षेत्र सम्पुर्णलाई समेटन मिल्दैन केही त्यस्ता कलाकार होला बिकृति ल्याउने उनीहरु लाई त्यस्तो नगर्नु होला भन्न चाहान्छु ।

० अन्तमा के भन्न चाहानु हुन्छ ?
मलाई माया गर्नु हुने सम्पुर्ण दर्शक श्रोताहरु लाई धेरै धेरै धन्यवाद सदैब मेरो काम लाई हेरेर मुल्यांकन गर्दिनुहोला केही सल्लाह सुझाव छन भने भनिदिनु होला साथै तपाईं लगायत तपाईंको मिडिया लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।