Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

ललितानिवास प्रकरणमा मुछिएका पूर्वमन्त्रीलगायतको सम्पत्ति छानबिन सुरु

Thursday, February 6, 2020 National Power

काठमाडौं – बालुवाटारको ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न उच्च राजनीतिक, प्रशासनिक व्यक्ति तथा व्यापारिक घरानामाथि सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार यो प्रकारणमा संलग्न १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बिहीबारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यो प्रकरणमा मुख्य भूमिका खेल्ने र अधिकतम लाभ लिनेहरूको सम्पत्ति छानबिन गर्न सुरु गरेको हो ।

विभागमा महानिर्देशक रूपनारायण भट्टराईले ‘पोलिटिकल्ली एक्सपोज’ भएकाहरूमाथि अधिकृत तोकेर अनुसन्धान थालिएको जानकारी दिए । विभागले यो प्रकरणमा जोडिएका पूर्वमन्त्री, सचिव र ठूला व्यापारिक घरानामा सम्पत्ति छानबिन गर्न सुरु गरेको हो । ‘उनीहरूले अवैध आर्जन गरेको सम्पत्ति कहाँ, कसरी राखेका छन्, खोजी सुरु भएको छ,’ भट्टराईले भने,‘अख्तियारले अकुतमा अनुसन्धान गनेबाहेक अरूको सम्पत्ति छानबिन गर्न सुरु गरेका हौं ।’

विभागले यसअघिदेखि नै पूर्वासचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्पत्ति छानविन गरिरहेको थियो ।

बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि मुद्दामा मुछिएका छन् । सरकारी जग्गा व्यक्तिका नाममा लैजान मुख्य भूमिका खेल्ने व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि पनि भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले ललितानिवासको जग्गा प्रकारणको मात्रै छानबिन गरेर उनीहरूविरुद्ध मुद्दा दर्ता गरे पनि विभागले भने उनीहरूको सबै सम्पत्ति खोजेर स्रोत नखुल्ने सम्पत्ति जफत गर्ने गरी मुद्दा चलाउनेछ ।

अनलाईन खबरबाट साभार