Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पर्यटन बोर्डको प्रमुखका लागि ९ जनाको दौड, कसले मार्ला बाजी ?

Sunday, January 5, 2020 National Power

काठमाडौं – नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि ९ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धामा निवर्तमान भइसकेका दीपकराज जोशीसमेत छन् । पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरेको थियो । जसमा विभिन्न व्यक्तिहरूले इच्छा देखाउँदै आवेदन दिएका थिए । तीमध्ये ९ जनाको नाम सर्ट लिस्टिङमा परेको कार्यकारी प्रमुख छनौट उपसमितिको सचिवालयले जनाएको छ ।

सर्ट लिस्टिङमा समेटिनेमा काशीराज भण्डारी, दीपक बस्ताकोटी, बोर्डमा हाल कार्यकारी प्रमुखकै भूमिका निर्वाह गरिरहेका दीपकराज जोशी र धनञ्जय रेग्मी छन् । त्यस्तै, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिणीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर पनि बोर्डको प्रमुखको दौडमा छन् ।

सचिवालयका अनुसार, सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको छ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि यिनै ९ मध्ये एकले बोर्डको कार्यकारी प्रमुखको बागडोर सम्हाल्ने छन् ।