Friday 17th May 2024

    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    विद्यार्थीहरूको उत्कृष्ट रोजाइ : प्यासिफिक हस्पिटालिटी    फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै    समाजमा बसेपछि सरसहयोग, आपसी सम्बन्ध, एकता, लेनदेन हुनु पर्दछ : समाजसेवी अनिला कायस्थ    ६ देशका विश्व कविसहित नेपालका ओझा बने भानुसिंह साहित्य पुरस्कारको विजेता

भव्य समारोहका विच साझा हिमालको विमोचन सम्पन्न

Sunday, December 22, 2019 National Power

काठमाण्डौ – चलचित्र निर्देशक माधव खरेलको रचना तथा निर्देशनमा हाम्रो साझा हिमाल बोलको स्वदेश गीतको भिडियो विमोचन गरिएको छ ।

पुर्व स्वास्थ्य मन्त्री निक्ष शमसेर जवराको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको विमोचन समारोहमा चर्चित कलाकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जवराले यस्ता किसिमका गीतहरुले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नमा मद्धत पुग्ने बताए । उनले भने हामीले कलाका माध्यमबाट नेपालको धर्म संस्कृतिलाई जोगाउन सकेमा हामी नेपालीको पहिचान चिरकाल सम्म रहिरहन सक्ने बताए ।

साझा हिमाल बोलको गीतमा पुर्ण राई, पसुपति ताम्राकार,कौशल राज खड्का, अस्मिता श्रेष्ठ, सम्झना श्री र विश्वास पराजुलीको स्वर रहेको छ भने भिडियोमा माधव राज खरेल, श्रीदेव भट्टराई,कमला जोशी, दिर्घ राज जोशी, विश्वास पराजुली, पुर्ण राई, राजेन्द्र पुरी, अमन श्रेष्ठ, रोशन पोखरेल, सन्च बहादुर राई लगायतका कलाकारहरु देख्न सकिन्छ । गीतको छायाँकन तथा सम्पादन राजन खरेलले गरेका हुन् भने कृष्ण के.सीको ऐरेन्ज रहेको छ।

विषेश प्रयोजनको लागी तयार पारिएको यस गीतका परिकल्पनाकार पुष्कर नेपाल रहेका छन् । साझा हिमाल गीतले नेपाल र नेपालमा रहेका अग्ला हिम श्रृङ्खलाहरु सम्पुर्ण विश्वको लागी गौरव तथा सानको विषय रहेको र एउटा नेपाल र नेपालीको मात्रै नभएर धर्तीमा बसोबास गर्ने सम्पुर्णको मानव जातीको हिमाल रहेको भन्दै यसको बर्णन गरेका छ ।

गीतलाई शनिवार पिमनेपालले आफ्नै युटुव मार्फत सार्वजनिक समेत गरिसकेको छ । यस गीतलाई सकारात्मक प्रयोजनको लागि जसले पनि प्रयोग गर्न पाउने तर गीतमा उल्लेखीत स्रष्ट र सर्जकहरुको नाम तथा कम्पनीको लोगोलाई तोडमोड गर्न नपाईने समेत निर्देशक खरेलले जानकारी दिएका छन्