Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भव्य समारोहका विच साझा हिमालको विमोचन सम्पन्न

Sunday, December 22, 2019 National Power

काठमाण्डौ – चलचित्र निर्देशक माधव खरेलको रचना तथा निर्देशनमा हाम्रो साझा हिमाल बोलको स्वदेश गीतको भिडियो विमोचन गरिएको छ ।

पुर्व स्वास्थ्य मन्त्री निक्ष शमसेर जवराको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको विमोचन समारोहमा चर्चित कलाकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जवराले यस्ता किसिमका गीतहरुले नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नमा मद्धत पुग्ने बताए । उनले भने हामीले कलाका माध्यमबाट नेपालको धर्म संस्कृतिलाई जोगाउन सकेमा हामी नेपालीको पहिचान चिरकाल सम्म रहिरहन सक्ने बताए ।

साझा हिमाल बोलको गीतमा पुर्ण राई, पसुपति ताम्राकार,कौशल राज खड्का, अस्मिता श्रेष्ठ, सम्झना श्री र विश्वास पराजुलीको स्वर रहेको छ भने भिडियोमा माधव राज खरेल, श्रीदेव भट्टराई,कमला जोशी, दिर्घ राज जोशी, विश्वास पराजुली, पुर्ण राई, राजेन्द्र पुरी, अमन श्रेष्ठ, रोशन पोखरेल, सन्च बहादुर राई लगायतका कलाकारहरु देख्न सकिन्छ । गीतको छायाँकन तथा सम्पादन राजन खरेलले गरेका हुन् भने कृष्ण के.सीको ऐरेन्ज रहेको छ।

विषेश प्रयोजनको लागी तयार पारिएको यस गीतका परिकल्पनाकार पुष्कर नेपाल रहेका छन् । साझा हिमाल गीतले नेपाल र नेपालमा रहेका अग्ला हिम श्रृङ्खलाहरु सम्पुर्ण विश्वको लागी गौरव तथा सानको विषय रहेको र एउटा नेपाल र नेपालीको मात्रै नभएर धर्तीमा बसोबास गर्ने सम्पुर्णको मानव जातीको हिमाल रहेको भन्दै यसको बर्णन गरेका छ ।

गीतलाई शनिवार पिमनेपालले आफ्नै युटुव मार्फत सार्वजनिक समेत गरिसकेको छ । यस गीतलाई सकारात्मक प्रयोजनको लागि जसले पनि प्रयोग गर्न पाउने तर गीतमा उल्लेखीत स्रष्ट र सर्जकहरुको नाम तथा कम्पनीको लोगोलाई तोडमोड गर्न नपाईने समेत निर्देशक खरेलले जानकारी दिएका छन्