Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

‘हाइप्रोफाइल’ जुवाडेलाई नछाड्न सर्वोच्चको आदेश

Thursday, October 31, 2019 National Power

काठमाण्डौ -सर्वोच्च अदालतले शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेलाई धरौटीमा नछाड्न आदेश दिएको छ।

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उनीहरूलाई धरौटीमा छोड्न नसकिने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

शनिबार राति महाराजगञ्जबाट महानगरीय प्रहरी वृत्तले २५ जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूले छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

सर्वोच्चले भने ‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’ भन्ने आदेश दिएको छ।

‘आइतबार निवेदन दिएका ६ जना र सोमबार तथा बुधबार निवेदन दिएका ८ जना गरी सबैलाई म्याद तामेल गरी हाजिर गराउन आदेश दिएको हो’, उनले भने।

शनिबार राति नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ “बले”सहित २५ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो।