Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

‘हाइप्रोफाइल’ जुवाडेलाई नछाड्न सर्वोच्चको आदेश

Thursday, October 31, 2019 National Power

काठमाण्डौ -सर्वोच्च अदालतले शनिबार राति महाराजगञ्जबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडेलाई धरौटीमा नछाड्न आदेश दिएको छ।

बुधबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले उनीहरूलाई धरौटीमा छोड्न नसकिने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

शनिबार राति महाराजगञ्जबाट महानगरीय प्रहरी वृत्तले २५ जना ‘हाइप्रोफाइल’ जुवाडेलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरूले छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।

सर्वोच्चले भने ‘बन्दीप्रत्यक्षीकरणका निवेदनहरू साथै राखी एकैपटक हेर्नुपर्ने देखिएकाले प्रस्तुत निवेदन समेत सो निवेदनहरूसँग साथै राखी बन्दीहरूलाई समेत उपस्थित गराई नियमानुसार गरी पेश गर्नू।’ भन्ने आदेश दिएको छ।

‘आइतबार निवेदन दिएका ६ जना र सोमबार तथा बुधबार निवेदन दिएका ८ जना गरी सबैलाई म्याद तामेल गरी हाजिर गराउन आदेश दिएको हो’, उनले भने।

शनिबार राति नारायण गोपाल चोक छेउबाट जुवा खेलिरहेको अवस्थामा गुण्डा नाइके बलराम सापकोटा उर्फ “बले”सहित २५ जना जुवाडे पक्राउ परेका थिए। उनीहरूबाट प्रहरीले दुई करोड ६७ लाख रूपैयाँ र ३ लाख बराबरको चेकसमेत बरामद गरेको थियो।