Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

तारकेश्वरमा बर्दिविहिन प्रहरी सञ्जाल गठन

Thursday, September 5, 2019 National Power

काठमाण्डौ – समुदाय स्तरमा घट्ने सामान्य घटनाहरुलाई वडास्तरमै सुल्झाउने उदेश्यले तारकेश्वर नगरपालिका वडा नम्बर १मा सामुदायिक प्रहरी सञ्जाल गठन गरिएको छ । तारकेश्वर नगरपालिका वडा नम्बर १ का सदस्य अचुत राज कुवरको अध्यक्षतामा १७ सदस्यीय सञ्जाल गठन भएको हो । वडाका नागरिक, प्रहरी, पत्रकार लागायत विभिन्न व्यक्तित्वहरुको सहभागीतामा गठन गरिएको सञ्जालमा तारकेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष विदुर सापकोटा, वालकुञ्ज स्कुलका प्राध्यापक रंञ्जीत कुवर, नेशनल पावर न्युजका पत्रकार राजन थापा, शिक्षकको तर्फबाट दिपकुमार बुढाथोकी, प्रहरी सहायक निरिक्षक जाली नारायण श्रेष्ठ, प्रहरी सहायक निरिक्षक संगीता अधिकारी लगायतका व्यक्तिहरुको रहोवरमा १७ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

प्रहरी निरिक्षक जाली नारायण श्रेष्ठले वडा प्रहरी गठन गरेपछि अव उप्रान्त आफ्नो वडाका समस्याहरुलाई वडा स्तरमै सुल्झाउनुपर्ने बताए, उनले भने वडामा बस्ने सम्पुर्ण नागरिक नै प्रहरी भएकोले आफ्नो वडाका समस्या आफै सुल्झाउन सल्लाह दिएका छन् । त्यस्तै वडा अध्यक्ष विदुर सापकोटाले प्रहरी नेपाल सरकारको वर्दिलगाएको प्रहरी भए पनि हामी वडाबासी बर्दी नलगाएका प्रहरी हौ अव आफ्नो वडालाई शान्त र व्यवस्थीत वनाउन बर्दी नलगाएको प्रहरीले नै काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस कार्यले समुदायमा हुने विभिन्न किसिमका विकृति र विसंगतीहरुलाई समुदाय स्तरमा निरकरण गर्ने र आफ्नो वडालाई शान्तिर व्यवस्थीत पार्नमा मद्धत पुग्ने विस्वास लिएको पत्रकार राजन थापाले बताएका छन् ।