Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

१६ सचिवको सरुवा यस्तो छ सरुवा सूची

Wednesday, August 21, 2019 National Power

काठमाडौं – कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

प्रधानमन्त्रीले मन्त्रीहरुसँग गत साउन १५ गते एकवर्षे कार्यसम्पादन सम्झौता गरेका थिए । त्यसपछि मन्त्रीहरुले सचिवहरुसँग आफू अनुकूलको मितिमा सम्झौता गरेका थिए । तर, त्यसको एक महिना पनि नबित्दै प्रधानमन्त्री कार्यालयदेखि प्रदेश मुख्य सचिवसम्मका सचिवहरुको सरुवा गरिएको छ

क्र.सं.नाम थरसरुवा भएको स्थानसाविकको स्थान
१.सूर्य गौतमभूमिसुधार मन्त्रालयमहालेखा नियन्त्रकको कार्यालय
२.गोपीनाथ मैनालीमहालेखा नियन्त्रकको कार्यालयभूमिसुधार मन्त्रालय
३.केदारबहादुर अधिकारीपर्यटन मन्त्रालयवाणिज्य तथा आपूर्ति मन्त्रालय
४.मोहनकृष्ण सापकोटासार्वजनिक खरिद अनुगमन कार्यालयपर्यटन मन्त्रालय
५.वेगेन्द्रराज शर्मा पौडेलवित्त आयोगसार्वजनिक खरिद अनुगमन कार्यालय
६.वैकुण्ठ अर्यालवाणिज्य तथा आपूर्ति मन्त्रालयवित्त आयोग
७.माधव बेल्बासेखानेपानी मन्त्रालयराष्ट्रिय सतर्कता केन्द्र
८.रामप्रसाद थपलियायुवा तथा खेलकुद मन्त्रालयस्वास्थ्य मन्त्रालय
९.सञ्जय शर्माविज्ञान तथा प्रविधि मन्त्रालयऊर्जा मन्त्रालय
१०.खगराज बरालस्वास्थ्य मन्त्रालयशिक्षा मन्त्रालय
११.महेश दाहालशिक्षा मन्त्रालयश्रम मन्त्रालय
१२.विनोद केसीश्रम मन्त्रालयराष्ट्रपति कार्यालय
१३.डा. हरि पौडेलराष्ट्रपति कार्यालयप्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
१४.महेन्द्रप्रसाद गुरागाईंप्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलोक सेवा आयोग
१५.आनन्द ढकाललोक सेवा आयोगप्रदेश ३ को मुख्य सचिव
१६.तीर्थ ढकालप्रधानमन्त्री कार्यालयप्रदेश ५ को मुख्य सचिव

मन्त्रिपरिषदको बैठकले सचिवहरुको सरुवासँगै चार जना सहसचिवलाई सचिवमा बढुवा पनि गरेको छ । बढुवा हुनेहरुमा तोयम राय, तोयनारायण ज्ञवाली, रवीन्द्र श्रेष्ठ र शिवहरि शर्मा छन् ।राय र ज्ञवाली प्रशासन सेवाका तथा श्रेष्ठ र शर्मा इन्जिनियरिङ सेवाका हुन्