Sunday 9th November 2025

    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने

नायिका अनु शाह नाच्दैँ यसरी आईन यसपालीको तिजमा “जाम नाच्न जाम“ सार्वजनिक

Sunday, August 11, 2019 National Power

काठमाण्डौ – नेपाली लोकदोहोरी गायिका धनकुमारी थापा सरुले नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा नयाँ तिज गीत “ जाम नाच्न जाम “ लिएर आएकी छिन । लगातार उनले एक पछि अर्को सफलता हासिल गर्दै अगाडी बढी रहेकी सुमधुर आवाजकी धनि सरुले भर्खरै मात्र तिज गीत सार्बजनिक गरेकी हुन् । गायिका ‘सरु’ नेपाली लोक गीत संगीतमा चल्तीको नाम हो । सुमधुर स्वरकी धनी सरु पछिल्लो समय तिज गीत तथा लोक गीतका कारण बढी चर्चामा रहदै आएकी छिन ।
डा कृष्णहरी बरालको शब्द तथा सुरेश गैरेको लय सिर्जना गीतमा रहेको छ । गीतमा तिजको महत्वलाई प्रकाश पारिएको छ । नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा समेटिएको छ । गीतको भिडियोमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ । निकै आकर्षक रुपमा राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन । गीतको मर्म अनुसारको मौलिकता समेटिएको भिडियो निर्देशन प्रकाश भटटले गरेका छन । “ जाम नाच्न जाम “ गीतको भिडियोमा अनु शाह र धन कुमारी थापाको नृत्य तथा अभिनय रहेको छ ।

“ जाम नाच्न जाम “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।