Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड – २०७५ सम्पन्न ।

Monday, March 18, 2019 National Power

नवलपरासी – राष्ट्रिय सङ्गीतकर्मी संघ जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको राष्ट्रिय सङ्गीतकर्मी अवार्ड २०७५ भव्य र सव्य रुपमा सम्पन्न भएको छ । नवलपरासीको बर्दघाटमा सम्पन्न उक्त अवार्डमा लोक दोहोरी सङ्गीतकार तर्फको अवार्ड शान्त शिशिर लोक दोहोरी तर्फको रचना नयन सोडारी“ चिन्तित“ गायक कुलेन्द्र बि.क र गायिका बिष्णु माझी, चलचित्र तर्फको अवार्ड यम बराल र मीना निरौला, आधुनिक तर्फको अवार्ड मेलिना राई, र पुन्यम प्रधान, मोडल लोक दोहिरी तर्फ महेन्द्र गौतम र करिष्मा ढकाल , पप गित रचना तर्फ शरद राज मैनाली, लोक दोहोरी पपुलर तर्फ गायक हरि डाङ्गी, गायिका तर्फ गिता सेन्चुरी, नव गायिका बिन्दा परियार, लोक गीतमा रन्जित परियार नव गायिका सुगम सुनितामी परियार सङ्गीत सम्योजक लोक दोहोरी तर्फको अवार्ड राकेश सोनीलाई प्रदान गरिएको छ भने आधुनिक निर्देशन तर्फको अवार्ड भिडियो निर्देशक बबीता श्रेष्ठ र आधुनिक निर्देशन तर्फकै पपुलर निर्देशकको अवार्ड चलचित्र निर्देशक माधव राज खरेललाई प्रदान गरिएको छ । खरेल चलचित्र निर्देशनका साथै म्युजिक भिडियोमा पनि निकैनै रुचाईएका निर्देशक हुन्, उनले म्युजिक भिडियो निर्देशक बाट पनि सगरमाथा म्युजिक अवार्ड, शुन्दरादेवी शन्देश म्युजिक अवार्ड, म्युजिक खवर म्युजिक अवार्ड लगायत अवार्डहरुमा उत्कृष्ट भिडियो निर्देशकको अवार्ड हात पारिसकेका छन् । लगायतका विभिन्न बिधामा अवार्ड बितरण गरिएको थियो। उक्त कार्यक्रममा नेपाली गित सङ्गीतको क्षेत्रमा बिगत लामो समय देखि लागिरहनु भएका सर्जक ,श्रष्टा, सहयोगी हरुलाई सम्मान पनि गरिएको थियो ।

अवार्ड कार्यक्रममा पावर न्युज राष्ट्रिय मासिक पत्रिकाकी सम्पादक कमला जोशीलाई सम्मान गरिएको छ । झण्डै एक दशक देखी निरन्तर पत्रकारीतामा आवद्ध जोशीले समाचारका माध्यमबाट सामाजिक रुपमा पुर्याएको योगदानको मुल्यांकन गर्दै सम्मान पत्र प्रदान गरिएको राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय उपाध्यक्ष अमृत खातीले बताएका छन् ।