Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

संगीतकार मिन विष्टको “झ्याइँ झ्याइँ झ्याइँ ” गीत थ्री डिमा

Wednesday, November 28, 2018 National Power

काठमाडौँ – सांगीतिक क्षेत्रका लागि मिन विष्ट कुनै नौलो नाम होइन । उनी विगत दुई दशक देखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आईरहेका छन् । केही न केही नौलो प्रयोग गरिरहन रुचाउने मिनले यो पटक भने नेपाली बाजा गाजाले उनिएको “झ्याइँ झ्याइँ झ्याइँ ” बोलको यो गीतलाई थ्री डिमा प्रस्तुत गरेका छन् ।

पछिल्लो समयमा प्रविधिको विकास सँगै थ्रिडि फिल्मस्, थ्रिडि गेम्सको अत्यधिक माग छ । दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन,ध्वनिमा पनि तेस्रो आयाम हुन्छ । आँखा चिम्लेर हामी ध्वनि सुनेको भरमा कुनै वस्तुको पहिचान र त्यसको दूरीको अनुमान गर्न सक्छौं । प्रविधिको यो उपयोग संगीतमा गर्दै नेपालमा पनि मीन बिष्टले फेरी थ्रिडि गीत निकालेका छन् । कला साहित्य चेप्टो हुनु हुँदैन भनेर उहिल्यै आयामेली साहित्यकारहरुले तेस्रोआयामको साहित्यिक आन्दोलन गरेका हुन् । विश्व संगीतमा गीतको प्रस्तुति र विषय वस्तुको विविधताले गर्दा त्यो चेप्टोपना देखिँदैन तर नेपाली गीतहरु भने युवायुवतीबीचको मायाप्रीतिको विषयमा एक स्थाइ र दुई समान लय र मात्राका अन्तराहरुमा बाँधिने गरिएको छ ।
यसैमा मात्रै सीमित रहेर चेप्टोपनाको आभाष दिइरहेको सबैले महशुस गरिएको हो । यसलाई केही हद सम्म यो गीत ले मेटाउने छ र नयाँ स्वाद पक्कै दिने छ । शब्द जानु काम्बाङ लिम्बु रहेको छ भने एरेन्जर कुमार थापाले गरेका हुन । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतमा मिन आफैले संगीत भरेका छन् हेडफोन अनिवार्य लाएर सुन्ने आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको
सुन्न सकिन्छ, गीत हेर्न भन्दा सुन्न बनाउनु पर्छ भन्ने मान्यत मिन ले राख्दछन् । जसले गर्दा गीतद्वारा स्रोताको मस्तिष्कमा दृश्य निर्माण गर्न यो गीत सक्षम छ । नेपाली संगीतमा विशेषत मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका छन् उनी चलचित्रकर्मी पनि हुन् ।
नेपाली गीत संगीतलाई मन पराउने स्रोता दर्शकहरुले यो गीतलाई माया गरेर सुनेर सबै सामु पुर्याएर साथ दिनको लागि सहयोग पुर्याउन मिन बिस्टले सबैमा अनुरोध गर्दै सल्लाह र सुझावको पनि अपेक्ष्या गरेका छन् ।
दर्शक र स्रोताहरुको निरन्तर साथ र सहयोग पाएको खण्डमा भविष्यमा यस्तै नयाँ नयाँ प्रस्तुतीहरु दिंदै जाने पनि बिष्टले बताएका छन् ।