Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

धुलिखेल ‘खरायोको मासुका लागि हब’ बन्दै, खरायोको मासु सबैभन्दा स्वस्थकर

Tuesday, November 27, 2018 National Power

 

काभ्रे – अन्य मासुको तुलनामा स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिएको खरायोको मासुप्रति उपभोक्ताको रुचि बढिरहेको छ ।

उपभोक्ताको रुचि बढेपनि खरायोको मासुको फाइदाका बारेमा पर्याप्त जानकारी नभएकाले खरायोको मासुको खपत वजारमा न्यून रहेको छ । उपभोक्ताको निम्ति स्वस्थ र स्थानीयस्तरमा उत्पादित खरायोको मासुको प्रवद्र्धन गर्ने उद्देश्यले द हिमालयन ¥याविट फार्म सक्रिय हुँदै आएको छ ।

उपभोक्ताका लागि स्वस्थकर र स्वच्छ खरायोको मासु धुलिखेलस्थित होटल र रेष्टुरेन्टमा उपलब्ध गराइ स्थानीयहरुलाई खरायो पालनको अवसर दिलाउने उद्देश्यले द हिमालयन ¥याविट फार्म र धुलिखेल होटल संघले संयूक्त पत्रकार सम्मेलनको आयोजना गरी खरायोको मासुको हबका रुपमा विकास गर्ने जानकारी गराएको छ ।

हिमालयन ¥याविट फार्मले क्षेत्रीय होटल व्यवसायी संघ धुलिखेलसँगको सहकार्यमा अन्य सरकारी निकायसँग समन्वय गरी धुलिखेललाईखरायोको मासुका लागि हब बनाउने रणनीति तय गरेको छ । सोही सिलसिलामा होटलमा कार्यरत सेफहरुलाई खरायोको मासुको परिकार होटलको मेनुमा समावेश गर्न र परिकार बनाउने क्षमता विकास गर्न धुलिखेलमा रहेको १० होटलका सेफहरुलाई प्रशिक्षित गराइएको छ ।

धुलिखेललाई ‘खरायोको मासुका लागि हब’ बन्दै, खरायोके मासु सबैभन्दा स्वस्थकर

द हिमालयन ¥याविट फार्मका सञ्चालक उज्ज्वल चापागाईँले धुलिखेलमा रहेका होटलहरुमा खरायोको मासु उपलब्ध गराइने भएकाले सेफहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । ‘खरायोको मासुका लागि धुलिखेललाई हबकारुपमा विकसित गरिने योजना छ ।’ उनले भने, ‘त्यसकै लागि हामी सक्रिय भएका छौँ ।’

प्रशिक्षणमा विशेष गरी खरायोको स्वस्थ मासुको फाइदाका बारेमा जानकारी गराइएको थियो । खरायोको मासुको परिकार कसरी बनाउने भन्ने बारेमा वरिष्ठ पाकशास्त्री सन्दीप खत्रीले प्रशिक्षण दिएका थिए ।

धुलिखेलमा सञ्चालित विभिन्न होटलमा कार्यरत १० जना सेफहरुलाई खरायोको मासुको ५ प्रकारका परिकार बनाएर प्रशिक्षण दिइएको थियो । वरिष्ठ पाकशास्त्री खत्रीले अरु मासुभन्दा खरायोको मासु अन्य मासुको तुलनामा पकाउन सजिलो र स्वास्थ्यका दृष्टिकोणले अत्यधिक फाइदाजनक रहेको बताए । प्राकृतिक तवरले उत्पादन हुने हुँदा अन्य मासुको तुलनामा सुरक्षित र स्वस्थकर मानिने उनको भनाइ थियो ।

खरायोके मासु सबैभन्दा स्वस्थकर
खरायोको मासु सबैभन्दा स्वस्थकर मानिएकाले नेपालमा पछिल्लो समय व्यावसायिक खरायोपालन विस्तार हुँदै गएको छ । हिमालयन ¥याविट फार्मले ग्रामिण क्षेत्रका किसानहरुलाई खरायोपालनसम्बन्धी तालिम र प्रविधिमा पनि सहयोग पु¥याउँदै खरायोको मासु उत्पादन र वजार प्रवद्र्धनका लागि अभिप्रेरित गर्दै आइरहेको छ । त्यसैगरी उच्च गुणस्तरीय र व्यावसायिकरुपमा खरायोको मासु नेपालका सबै ठाउँमा पु¥याउन पनि हिमालयन ¥याविट फार्म सक्रिय हुँदै आएको छ ।

प्रशिक्षणमा खरायोको मासुको विभिन्न परिकार बनाउने बारेमा व्यावहारिक ज्ञान दिइएको थियो । प्रशिक्षणले मासुको परिकार बनाउन सहयोग पुग्ने र यसबाट उपभोक्तामाझ होटल व्यवसायीलाई खरायोको परिकार उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । खरायोको मासु अरु मासु पकाएकोजस्तो झन्झटिलोसमेत नभएकाले ग्राहकलाई छिटो सेवा दिन सकिने बताइन्छ । यसको परिकार बनाउन सहज छ ।

नेपालमा मासुका लागि विशेष गरी सोवियत चिन्चिल्ला, न्युजिल्याण्ड ह्वाइट र क्यालिफोर्निया जातका खरायोहरु पालिने गरिएको छ । खरायोको मासुमा अत्यधिक प्रोटिन पाउने र धेरै कम मात्रामा चिल्लो पदार्थ हुने भएकाले खरायोको मासुका परिकारहरु मुटुरोग, डायबिटिज, दम भएका व्यक्ति, गर्भवती र सुत्केरी महिला, ग्यास्ट्रिक, बृद्धदेखि सम्पूर्ण उमेरसमूहका व्यक्तिहरुलाई लाभदायक मानिने धुलिखेल अस्पतालका चिकित्सक डा। सुजन माकजु श्रेष्ठले बताए ।

मानव स्वास्थ्यका लागि लाभदायक र स्थानीय कृषकहरुको जीवनस्तरमा परिवर्तन गर्न सहयोगी हुने खरायो पालन व्यवसायलाई विस्तार गर्न धुलिखेलका होटलहरुले खरायोको मासु विशेष परिकारकारुपमा राख्नुपर्ने हिमालयन होराइजन होटलका संस्थापक बेलप्रसाद श्रेष्ठले बताए । उनले होटलको मेनुमा खरायोको मासु राखेर धुलिखेललाई खरायोको मासुको हबकारुपमा विकास गर्न सके पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास थियो ।

खरायोले विशेष गरी दुबो, किम्बू, भटमास, जौ, सखरखण्ड, गहँु, सिमी तथा डाले घाँस खाने भएकाले यसको मासु हाइजेनिक र मानव स्वास्थ्यका लागि लाभदायक मानिन्छ । द हिमालय ¥याविट फार्मले खरायोको मासु उत्पादन गरी नियमितरुपमा होटलहरुमा उपलब्धता गराउने भएको छ । यसरी उत्पादित मासुको परिकार बनाएर आफ्ना ग्राहकलाई सेवा दिन धुलिखेल होटल संघ लागि पर्ने धुलिखेल होटल संघकी सचिव ज्योत्सना सैँजुले बताइन् ।

द हिमालय ¥याविट फार्मबाट उत्पादित खरायोको मासु उच्च गुणस्तरीय, हाइजेनिक, जैविक र रसायनमूक्त रहेको छ । यसले सहयोग गर्दै आइरहेका विभिन्न खरायोपालक व्यवसायीको फार्मबाट उत्पादित हुने मासुको वजार विस्तारसमेत गर्दै आएको छ । खरायो पालन व्यवसायलाई आधुनिक तौर तरिकाको प्रयोग गर्न सके एउटै माउ खरायोबाट वार्षिक २० देखि २५ हजार रुपैँयासम्म आम्दानी गर्न सकिन्छ । खरायोहरु वयस्क हुँदा २ दशमलव ५ देखि ४ किलोसम्मका हुन्छन् । व्यावसायिकरुपमा पाल्दा प्रत्येक दुई–दुई महिनामा बच्चा जन्मन्छन् ।

एक पटकमा १२ वटासम्म बच्चा एउटा माउले जन्माउँछ । खरायो जन्मेको चार महिनामा मासुको लागि उपयुक्त मानिन्छ । खरायोको मासु भने प्रति किलो ९०० रुपैयाँसम्ममा विक्रि भइरहेको छ ।
– तेमाल अन्लाईन