Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

सांस्कृतिक फिल्म फेष्टिवलमा दर्शकको घुंईचो

Saturday, November 24, 2018 National Power

काठमाण्डौ – विभिन्न देशहरू विच संस्कृति आदन प्रदान गर्ने उद्देश्यले नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा शुक्रबार बाट सुरु भएको नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा दर्शकहरुको घुईचो लागेको छ ।
आयोजक समितिका व्यवस्थापक अर्जुन खरेलका अनुसार शुक्रबार देखी शनिबार सम्म नेपाल पर्यटन बोर्डको हलमा सुरु भएको फेष्टिवलमा झण्डै १५ सय भन्दा बढी दर्शकहरुले अवलोकन गरिसकेका छन भने फेष्टिवल सभ्य र भव्य रुपमा भईरहेको छ । साथै उनले पहिलो पटक भईरहेको यस्तो किसिमको चलचित्र सम्वन्धि सांस्कृतिक कार्यक्रमले ले पक्कै पनि अन्तरदेशीय कला, संस्कृति र सम्बन्धलाई प्रगाढ बनाउनेमो विश्वास व्यक्त गरेका छन् ।


फेस्टिवलमा विभिन्न १४ वटा देशका २९ चलचित्रहरु प्रतिष्पर्धामा छन् । अन्तिम दिन सोमबार निर्णायक द्धारा छानिएका उत्कृष्ट चलचित्रहरुलाई पुरस्कृत गरिने समेत खरेलले बताएका छन् । अवार्डमा सर्ट्फिल्म ७, फुल लेन्थ फिचर फिल्म ४, डकुमेन्टि फिल्म ४, चिल्ड्रेन फिल्म ५ र ८ वटा महिला फिल्महरु विभिन्न पांच ओटा विधाको लागि प्रतिस्पर्धामा रहेका कार्यक्रमका अध्यक्ष सन्तोष सुवेदीले बताए । फेस्टिवलमा नेपालका चर्चित कलाकारहरुका साथै चीन, भारत, जापान, ताईवान, श्रीलंका, लुथेनियां, फ्रान्स, अमेरीका, बेलायत, अष्ट्रलिया नेपाल लगायत देशका प्रतिनिधीहरुको सहभागिता रहेको छ ।


फेष्टिवलको अन्तिम दिन फुल लेन्थ फिचर फिल्मका विजेतालाई ट्रफिसहित एक हजार अमेरिकी डलर, डकुमेन्ट्री फिल्मलाई ५०० अमेरिकी डलर, चिल्ड्रेन फिल्म, सर्ट फिल्म र महिलासम्बन्धी बनेका फिल्मलाई ट्रफिसहित २५० र २५० अमेरिकी डलर पुरस्कारका का साथै ट्रफिर प्रमाण पत्र प्रदान गरिने छ ।