Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चलचित्र निर्देशक खरेल सहित विभिन्न व्यक्तित्वहरु सम्मानित

Friday, September 14, 2018 National Power

काठमाण्डौ – पल ईन्टरटेन्मेन्टको आयोजनामा गत विहिवार राजधानीमा सम्पन्न गीतकार प्रविन थपलियाद्धारा लिखित शान्ति सेना मिसन हाम्रो बोलको गिति एल्वम्को म्युजिक भिडियो विमोचन समारोहको अवसरमा चलचित्र निर्देशक माधव राज खरेल सम्मानित भएका हुन् ।


उक्त समारोहमा खरेलको साथमा संचारकर्मी अर्जुन राज भण्डारी, पर्यटन व्यवसायि रामशरण थपलिया, संगीतकर्मी प्रकाश के.सी., गीतकार प्रविण थपलिया, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, निर्देशक दिनेश अधिकारी, कलाकार दृश्य सुवेदी, रामबाबु, व्यूटिसियन सरस्वती श्रेष्ठ, समाजसेवी संजीव उप्रेती, विसु सिटौला, जनकराज अधिकारी, मौसम मधुर, नवराज मैनाली , रुद्र खड्का, सोमा खत्री, शान्ति गुरुङ,कलाकार राजन लामिछाने, कलाकार शितल श्रेष्ठ लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्याएका श्र्रष्ठा र सर्जकहरुलाई सम्मान गरिनुका साथै एल्बम् संग सम्बन्धित कलाकारहरु एवम् अतिथिहरुलाई कदरपत्र र मायको चिनो प्रदान गरिएको छ ।
गीतकार प्रविन थपलिया द्धारा लिखित उक्त गीतमा राम चन्द्र काफ्ले र जुुनु रिजालको स्वर रहेको छ । भने संगीत नवराज मैनालीको रहेको छ । गीतमा नेपाली सेनाले आफुर आफ्नो परिवार नभनि देश र जनताको लागि देखाएको आत्मियता एवम् शान्ति सेनामा जाँदा अनुभव गरिएका दुःख सुखहरुलाई दृश्य मार्फत उतारेको छ ।


नेपाली सेनाको बहादुरीलाई दृश्यमा उतार्न सफल गीतले नेपाली दर्शक स्रोता माझ राम्रो छाप छोड्ने विश्वस लिएको चलचित्र निर्देशक माधव राज खरेलले बताएका छन् ।

प्रमुख अतिथिको आसनवाट बोल्दै नेपाल सरकारका सचिव एवम् गीतकार दिनेश कुमार थपलियाले सर्जक र श्र्रष्टा मरेर गएपनि उनका श्रृजनाहरु कहिले नमर्ने बताए । सबैले सिर्जनाको उच्च मुल्याँकन गर्नु पर्ने बताए ।

कार्यक्रममा अर्जुन राजले संचालन गरेको कार्यक्रममा पूर्व रक्षा सचीव देवेन्द्र सिटौला लगायतको उपस्थिति थियो भने कार्यक्रमको सभापतित्व पल ईन्टरटेनमेन्टका प्रवन्ध निर्देशक अमित पौडेलले गरेका थिए ।