Thursday 21st February 2019

    आदित्यको माया गर्ने मान्छे    पशुपतिको गीतमा प्रधानमन्त्रीको कटाक्ष    पशुपतिको गीतमा प्रधानमन्त्रीको कटाक्ष    ओली - प्रचण्ड एक्सन : असफल मन्त्री हटाईदै    कांग्रेसले देशलाई पछाडि फर्काउने कुचेष्टा गरिरहेको छ : प्रधानमन्त्री ‌‌‍ओली

हङकङसँग पनि हार्‍यो नेपाल, एसिया कप खेल्ने सपना अधुरै

Tuesday, September 4, 2018 National Power


१९ भदौ, काठमाडौं – एसिया कप छनोटको अन्तिम खेलमा नेपाल हङकङसँग ३ विकेटले पराजित भएको छ । यो हारसँगै एसिया कप खेल्ने सपना अधुरै रहृयो । हालै मात्र एकदिवसीय मान्यता पाएको नेपालले छनोट प्रतियोगिता जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने लक्ष्य लिएको थियो । किनकी छनोटको विजेता एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा एमा पर्छ ।

तर, छनोट प्रतियोगितामा खराब प्रदर्शन गरेको नेपाल सुरुवाति दुई खेलमा ओमान र यूएईसँग हार्‍यो । त्यसपछि मलेसिया र सिंगापुरलाई हराएपछि अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले हराउने र अर्को खेलमा ओमानले यूएईले त्यसरी नै हराउने हो भने नेपाल शीर्ष दुईमा पर्दै छनोटको फाइनलमा पुग्ने सम्भावना थियो ।

९५ रनमै अलआउट

क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले निके खराब ब्याटिङ गर्‍यो र ३७/५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । पहिलो ओभरमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान पारस खड्काले अनिलकुमार साहसँग २२ रनको साझेदारी गरे । आठौं ओभरको अन्तिम बलमा आउट भएका पारसले मात्र १४ रन बनाए ।

ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिलले १५ र ज्ञानेन्द्रले १२ रन बनाए । नेपालले विकेट गुमाउने क्रम रोकिएन । दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शुन्य रनमै पभेलियन फर्किए । सातौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर मात्र ५८ रन थियो ।

आरिफ शेख र बसन्त रेग्मीले आठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे । आरिफ १८ रनमा आउट भए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमायो र ९५ मा अलआउट भयो । बसन्त १५ रनमा अविजित रहे । नेपाललाई सस्तैमा समेट्ने क्रममा इशान खानले ७।५ ओभरमा १५ रन खर्चिएर ४ विकेट हात पारे भने मोहम्मद अजिज खान र तनवीर फैजलले २(२ विकेट लिए ।

९५ रनको झिनो लक्ष्य हङकङले ३३ औं ओभरमा ७ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका सन्दीप लामिछान एक्लैले ५ विकेट लिएपनि टिमको हार टार्न सकेनन् । हङकङका अंशुमान रथ एक्लैले ५२ रन बनाए । ८२ बलको सामना गरेका उसले तीन चौका र एक छक्का हाने । किन्चित शाहले ११ रनको योगदान दिए ।