Friday 14th November 2025

    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता    दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो

करुणाको दिलको राजा युटुव मार्फत सार्वजनिक

Sunday, June 17, 2018 National Power

काठमाण्डौ – गायिका करुणा सिम्खडाले आफ्नो सौगात एल्वममा रहेको दिलको राजा बोलको गीत युटुव मार्फत सार्वजनिक गरेकी छिन् । केहि समय पहिले मात्रै नेपाली दर्शक स्रोतामाझ आफ्नो पहिलो गीति एल्वम् सौगात बजारमा ल्याएकी थिईन । सौगात एल्वममा ६ वटा गीतहरु रहेका छन् ।


परिवारको सहयोगमा सिम्खडा नेपाली सांगीतिक आकाशमा उदाउने जमर्को गर्दैछिन् । सिंखडा पेशाले शिक्षिकाका साथै एक कुशल गृहणी पनि हुन् ।


संगीतिक मोहनीले सिंखडालाई यसरी छोपेको छ कि उनिले आफ्नो नियमित कर्मवाट थोरै मात्रै भए पनि समय निकाल्न सकिन् भने गीत संगीतमै रमाउने गर्छिन यसो भनि रहँदा सिम्खडाको अनुहारमा खुशी देख्न सकिन्थ्यो, भन्थिन “मेरो श्रीमानको सहयोग र परिवारको साथले आज सांगीतिक आकाशमा छाउने कोशिस गरिरहेकीछु ।”

जिनियस म्युजिकले बजारमा ल्याएको एल्वम सौगातमा रहेको गीत दिलको राजा लाई केहि दिन अघिमात्रै यूटुद्यव मार्फत वजारमा ल्याईएको हो, उक्त गीतमा रावतको शव्द, भानुभक्त ढकालको संगीत र गोपाल रसाईलीको एरेन्ज रहेको गायिका सिंखडाले वताएकी छिन् ।

भिडियो