Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

नेपाल र सेन्ट किट्सबीच कूटनीतिक सम्बन्ध स्थापित

Thursday, May 31, 2018 National Power

१७ जेठ, काठमाडौं – नेपाल र सेन्ट किट्स एण्ड नेभिसबीच कूटनीतिक सम्बन्ध स्थापित भएको छ । वेस्ट इन्डिजको टापुमा अवस्थित सेन्ट किट्स एण्ड नेभिससँग बुधबार नेपालको दौत्य सम्बन्ध कायम भएको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सेन्ट किट्स एण्ड नेभिसका स्थायी प्रतिनिधि साम टेरेन्स कन्डोरले औपचारिक सम्बन्ध स्थापित भएको घोषणा गरेका हुन् ।

नेपालका लागि संयुक्त राष्ट्र संघको स्थायी नियोगले दिएको जानकारी अनुसार, दुवै देशका प्रतिनिधिले दुई पक्षीय हित र विकासका लागि मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।