Thursday 12th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

छायाँछवि काब्यशृङ्खलाको सातौं सिलसिला सम्पन्न

Thursday, May 3, 2018 National Power

छायाँछवि क्रियशनको आयोजनामा विगत सात महिनादेखी हुँदै आएको छायाँछवि काब्य शृङ्खलाको सातौं सिलसिला सम्पन्न भएको छ । मासीक रुपमा नियमीत आयोजना हुँदै आइरहेको यस पटकको शृङ्खलामा युवा साहित्यकार तथा कवि हेमन्त विवश तथा युवा पुस्ताकी गजलकार सीता प्याकुरेलले काव्य रचना प्रस्तुत गरेका थिए भने विशिष्ट अतिथिको रुपमा संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङ तथा विश्वकै कान्छा निर्देशक सौगाल विष्ट थिए ।
कार्यक्रममा स्वागत मन्तब्य गर्दै मुक्तककार÷साहित्यकार एवं कार्यक्रमकी संयोजक रश्मी रोदनले कार्यक्रमको औचित्यवारे प्रकाश पारेकी थिइन् । उनले स्वागत मन्तब्यमा साहित्य, संगीत र चलचित्रको समायोजन गर्दै यस किसीमको क्रियाशिलता अगाडी बडाएको बताइन् । त्यस्तै छायाँछवि क्रियशनका अध्यक्ष तथा गीतकार शान्तिप्रियले कार्यक्रममा शुत्रधारको भूमिका निर्वाह गर्दै कुनै पनि क्षेत्रलाई चलायमान बनाउन सकिए मात्र त्यस क्षेत्रको समृद्धि हुने बताए । साहित्य, संगीत र चलचित्र एउटै कितावका पत्ताहरु भएको बताए ।

कार्यक्रममा कवि हेमन्त विवशले करिव एक दर्जन कविता सुनाए । सामाजिक एवं प्रेम भावका विषयमा उनले कविता प्रस्तुत गरेका थिए । कवि विवशले सुदुर पश्चिमको भाषालाई समेत समेटेर कविता वाचन गरेका थिए भने उनले छन्दमा पनि कविता सुनाएका थिए । कार्यक्रममा नव पुस्ताकी युवा गजलकार सीता प्याकुरेल खासगरी प्रेम भावमा गजल प्रस्तुत गरेकी थिइन् । गजलकार सीताले मानसीक, सामाजिक एवं प्रेमलाई प्रस्तुत गरेकी थिइन् । श्रष्टाद्वय हेमन्त विवश र सीता प्याकुरेलले कार्यक्रममा आफुलाई समाविष्ट गरिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी संस्कृतिविद एवं संगीतकार बुलु मुकारुङले श्रष्टाका कविता र गजल माथि टिपपणी प्रकट गरेका थिए । अतिथी बुलु मुकारुङले यस किसीमको आयेजनाबाट कार्यक्रम उत्कृष्ट भएको बताए । त्यस्तै कार्यक्रममा अर्का विशिष्ट अतिथी विश्वकै कान्छा निर्देशक सौगात विष्टले श्रष्टाद्वयलाई शुभकामना दिएका थिए । विष्टले कार्यक्रममा छोटा दुइ रचना पनि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आठौं श्रृङ्खला आगामी महिना हुने जानकारी गराइयो । कार्यक्रमको प्रवद्र्धकको रुपमा लेखक निर्देशक मोहन निरौला, अभिनेत्री शोभिता सिंखडा, हाँस्य कलाकार निर्मल शर्मा, निर्देशक सुमन दाहाल, सिनेमाटोग्राफर तथा निर्देशक सवनम मुखीया रहेका छन् ।