Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

सिडी विजय प्रथम, पद्मा लिंखा र सन्तोष श्रेष्ठ उत्कृष्ट

Monday, April 2, 2018 National Power

१९ चैत, काठमाडौं – रेडियो नेपालको ६८ औं वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता २०७४ अन्तर्गत आज भएको अन्तिम चरणको प्रतियोगितामा गायनतर्फ सिडी विजय अधिकारीले प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने गीतकार पद्मा लिंखा मगर र संगीतकार सन्तोष श्रेष्ठ उत्कृष्ट गीतकार र संगीतकार बन्न घोषित भएका छन् ।

त्यस्तै गायनमा योगेन्द्र उपाध्याय द्वितीय, मेलिना फुयाँलले तृतीय स्थान हासिल गरेका छन् । रेडियो नेपालले प्रत्येक वर्ष स्थापना दिवसका अवसरमा क्षेत्रीय रुपमा आयोजना गर्ने गरेको खुला आधुनिक संगीत प्रतियोगितालाई यसपालीबाट प्रदेशस्तरीय आयोजना गरेको हो ।

सातै प्रदेशबाट उत्कृष्ट भएर केन्द्रीय रुपमा भएको प्रतिस्पर्धामा गायनतर्फ सिडी विजय अधिकारीले प्रथम स्थान चुमेका हुन् । त्यस्तै गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार बन्न सफल भइन् भने सन्तोष श्रेष्ठ उत्कृष्ट संगीतकार घोषित भएका हुन् । रेडियो नेपालको प्रांगणमा आगामी चैत २० गते सम्पन्न हुने कार्यक्रममा पुरस्कृत सबै कलाकारको प्रस्तुति रहने बताइएको छ ।