Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत कर बढायो

Monday, April 2, 2018 National Power

१९ चैत, बेइजिङ –  चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको जवाफ दिँदै चीनले पनि अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको छ । सोमबार चीनले सुंगुरको मासु, फलफूललगायतका वस्तुमा झन्डै ३ अर्ब अमेरिकी डलर बराबरको कर बढाएको एसोसिएटेड प्रेसले जनाएको छ । समाचार अनुसार, यस्ता वस्तुहरु चिनियाँ भूमिमा निकै महँगा पर्न जानेछन् र चीनमा ती वस्तुले बजार गुमाउँदै जानेछन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग अर्बौं व्यापार घाटा रहेको भन्दै मार्च २३ देखि लागू हुने गरी चीनबाट आयात हुने विभिन्न वस्तुमा अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । ट्रम्प अझै अगाडि बढेर सूचना प्रविधि लगायतका क्षेत्रमा पनि कर लगाउने योजना बनाइरहेका छन्, जसका कारण चिनियाँ वस्तुमा ५० अर्ब अमेरिकी डलर बराबरको कर थपिन सक्छ । चीन र अमेरिकाबीचको पछिल्लो व्यापारिक तनावले दुवै देशबीच व्यापार युद्ध उत्र्कषमा पुग्ने अनुमान गरिएको छ । यी दुवै देशको कदमको प्रभाव सोमबार बिहानैदेखि टोकियो र हङकङ स्टक मार्केटमा समेत देखिइसकेको छ ।