Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत कर बढायो

Monday, April 2, 2018 National Power

१९ चैत, बेइजिङ –  चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको जवाफ दिँदै चीनले पनि अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको छ । सोमबार चीनले सुंगुरको मासु, फलफूललगायतका वस्तुमा झन्डै ३ अर्ब अमेरिकी डलर बराबरको कर बढाएको एसोसिएटेड प्रेसले जनाएको छ । समाचार अनुसार, यस्ता वस्तुहरु चिनियाँ भूमिमा निकै महँगा पर्न जानेछन् र चीनमा ती वस्तुले बजार गुमाउँदै जानेछन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग अर्बौं व्यापार घाटा रहेको भन्दै मार्च २३ देखि लागू हुने गरी चीनबाट आयात हुने विभिन्न वस्तुमा अतिरिक्त कर लगाउने घोषणा गरेका थिए । ट्रम्प अझै अगाडि बढेर सूचना प्रविधि लगायतका क्षेत्रमा पनि कर लगाउने योजना बनाइरहेका छन्, जसका कारण चिनियाँ वस्तुमा ५० अर्ब अमेरिकी डलर बराबरको कर थपिन सक्छ । चीन र अमेरिकाबीचको पछिल्लो व्यापारिक तनावले दुवै देशबीच व्यापार युद्ध उत्र्कषमा पुग्ने अनुमान गरिएको छ । यी दुवै देशको कदमको प्रभाव सोमबार बिहानैदेखि टोकियो र हङकङ स्टक मार्केटमा समेत देखिइसकेको छ ।