Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सौगातको हैरान जेष्ठ ४ मा

Thursday, February 15, 2018 National Power

काठमाण्डौ  – आफ्नो पहिलो फिल्म लभ यु बाबा मार्फत सफल चलचित्र र निर्देशकको रुप दिएका विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका सौगात बिष्टले निर्देशन गरेको दोश्रो चलचित्र ‘हैरान’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो चलचित्र वि।सं २०७५ साल जेठ ४ गते रिलिज हुने भएको छ । काठमाण्डौमा माधव वाग्ले र काठमाण्डौ बाहिर मनोज राठीले यो चलचित्रको वितरण गर्ने कार्यकारी निर्माता संझना पोखरेलको भनाई छ ।

कमेडी कथामा तयार भएको यो चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी ,एन्जल राई , सागर लम्साल , आरोही शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ । डान्स फेभरको ब्यानरमा निर्माण भएको चलचित्रमा मुक्ति घले , सृष्टि घिमिरे , डाक्टर वाई।एल। लामा निर्माता छन् ।

यो चलचित्रमा कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट , चन्द्र पन्तको एक्सन, सत्यराज आचार्य, स्वरूपराज आचार्य , किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत छ । चलचित्रमा नवराज उप्रेती र निरज कँडेलको छायाँकन , अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर , अनन्त घिमिरेको कलर र भीएफएक्स , प्रितम पाण्डेको सम्पादन छ । चलचित्र हैरान समसामयिक परिवेशको फरक र रोमान्टिक फिल्म बनेको नायक गजित बिष्ट बताउछन ।