Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

कंगारु फेयर सम्पन्न

Wednesday, January 24, 2018 National Power

१० माघ,काठमाण्डौ – कंगारु फेयर २०१८ मंगलबार सम्पन्न भएको छ । विद्यार्थीहरुलाई सही सुचना तथा परामर्ष प्रदान गर्न आयोजना गरिएको मेलामा झण्डै १५ पन्ध्र सय भन्दा बढी विद्याथीहरुले अवलोकन एवम् भ्रमण गरेका छन् ।

दरवारमार्ग स्थित होटेल अन्नपुर्णमा सम्पन्न उक्त फेयरमा अस्ट्रेलिय, न्युजीलेण्ड,अमेरीका लगायतका विभिन्न देशहरुका विश्वविद्यालय,कलेज तथा प्राईभेट कलेजहरुको सहभागीता रहेको थियो । विभिन्न शैक्षीक संस्थाहरुका प्रतिनिधिहरुले फेयरमा आउने विद्याथीहरुलाई बिदेशमा पढ्न जाने विद्यार्थीहरुलाई परामर्ष दिएका थिए ।

विद्याथीहरुले  छात्राबृति,कलेज छनौट देखि डकुमेन्टेसन मार्फत भर्ना र भिसा प्रकृयाका सम्बन्धमा  परामर्ष लिएका कंगारु एजुकेशन फाउण्डेसनका अध्यक्ष महेशबाबु तिमल्सेनाले जानकारी दिए । फेयरमा जाने विद्याथीहरुका लागि प्रबेश निशुल्क व्यवस्था गरिएको थियो ।