Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

संगीत उद्योग संघको बन भोजकार्यक्रम सम्पन्न

Monday, January 15, 2018 National Power

१ माघ,काठमाण्डौ – नेपाल संगीत उद्योग संघले गत हप्ता काठमाण्डौको बालाजु बाईसधारा गोलघरमा मैत्रिपुर्ण बनभोज कार्यक्रमको आयोजना गरेको छ । संगति व्यवसायीहरुको छाता संगठन पनि हो नेपा संगीत उद्योग संघ । यतिवेला गीत संगीत उद्योग धारासायी रहेको अवस्थामा व्यवसायीहरुले आगामि दिनमा संगति व्यवसायको क्षेत्रलाई कसरी अगाडी बढाउन सकिन्छ भनि छलफल समेत गरेका थिए ।

उक्त बनभोज कार्यक्रममा प्रस्तोता समाज,संगति रोयल्टि संकलन समाज गीतकार संघ लगायतका संघ संस्थाहरुको समेत उपस्थिती रहेको थियो । गीत संगति क्षेत्र मौलिकता संगै देश सुहाउदो बनाउन सके नेपाली गीत संगीतले पक्कै पनि फट्को मार्ने कुरा संगीत उत्पादक संघका अध्यक्ष निर्मल राज ढकालले बताए।

त्यसै गरि गीत संगीतको प्रवद्र्धनका लागि स्रष्ठा सर्जक र व्यवसायीले मिलेर काम गर्नु पर्ने संगीतकार संघका माहासचिव महेश खड्काले बताए । कार्यक्रममा साहित्यकार नवु सत्याल लगायतका सर्जकहरुले आ आफ्नो धारण राखेका थिए । उक्त कार्यक्रममा नेशनल पावर न्युज डट कमका राजन थापाले यहि फागुनमा गर्न लागेको नेशनलपावर न्युज म्युजिक अवार्ड २०१८का बारेमा उपस्थित सर्जक एवम् स्रस्ठाहरुलाई जानकारी गराएका थिए ।