Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

IELTS प्रश्नपत्र आउट प्रकरण : विदेशी एजेन्टको संलग्नता आशंका

Sunday, January 7, 2018 National Power

२३ पुस, काठमाडौं – ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षा ‘आईईएलटीएस’को प्रश्नपत्र दिने भन्दै विद्यार्थीसँग रकम असुल्ने तीन जनाबिरुद्ध प्रहरीले ठगी मुद्दा चलाएको छ ।

झापा घर भइ हाल बालुवाटार बस्दै आएका सुरज लामा, बझाङ घर भइ हाल लैनचौर बस्दै आएका गणेशराज उपाध्यय र स्याङ्जाका विधान आचार्यविरुद्ध मुद्दा चलाइएको हो । लामा ब्रिटिस काउन्सिलका एजेन्ट समेत हुन् । उनको डिल्लीबजारमा कन्सल्टेन्सी छ ।

आइतबार म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान थालिएकाे महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

आईईएलटीएस परीक्षाको प्रश्नपत्र ‘खरिद–बिक्री’ भइरहेको सुराकी पाएपछि काठमाडौं प्रहरी परिसरले शुक्रबार अपरेशन चलाएको थियो । त्यसक्रममा सुन्धारास्थित एक गेस्टहाउसमा लेनदेन भइरहेको अवस्थामा विद्यार्थीसहित १३ जनालाई पक्राउ गर्‍यो ।

पक्राउ मध्ये विद्यार्थीहरुलाई प्रहरीले शनिबारै छाडिसकेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले शुक्रबार उनीहरुबाट लेनदेन भइरहेको ४ लाख रुपैयाँ बरामद गरिएको थियो ।

प्रहरी परिसरमा विद्यार्थीको भिड

आईईएलटीएस परीक्षाको प्रश्नपत्र पाउने आशमा एजेन्टलाई पैसा बुझाएका विद्यार्थीहरुको आइतबार काठमाडौं प्रहरी परिसरमा भिड नै लाग्यो । प्रहरीका अनुसार लामो समयदेखि प्रश्नपत्र विक्री वितरणमा हुँदै आएको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

आइतबार परिसरमा भेटिएका एक पीडित विद्यार्थीका आफन्तले  भने, ‘एक जना साथीले पैसा दिएपछि प्रश्नपत्र पाइन्छ भनेपछि होला त नि भनेर पैसा दिइन् । तर, अहिले पो यो सबै कुरा थाहा भयो ।’

अभियुक्तहरुले प्रश्नपत्रका लागि विद्यार्थीबाट ५० हजार रुपैयाँदेखि डेढ लाख रुपैयाँसम्म लिएको पाइएको छ ।

विदेशी एजेन्टको संलग्नता रहेको आशंका

प्रहरीको प्रारम्भिक अनुसन्धानले प्रश्नपत्र ‘आउट’ गर्नमा विदेशी एजेन्टको संलग्नता रहेको देखाएको छ । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘भाइबर र ह्वाट्स एप जस्ता सामाजिक सञ्जालबाट डिलिङ हुने गरेको देखिएको छ ।’

यस विषयमा नेपालस्थित ब्रिटिस काउन्सिलसँग  जानकारी लिन खोज्दा काउन्सिलका नेपाल डाइरेक्टर विक्रान्त गुरुङले केही बताउन चाहेनन् । उनले भने, ‘यस विषयमा हामी छिट्टै आधारिक धारणा सार्वजनिक गर्छौं ।’

शुक्रबार लिक भएको प्रश्न र शनिबारका लागि तय भएको आइइएलटीएस परीक्षाको प्रश्नपत्र मिलेको भेटिएको छ ।

प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशी भने घटनाको अनुसन्धान भइरहेको भन्दै थप बताउन चाहेनन् ।